रोल्पा,कात्तिक १२ । रोल्पामा बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
रुन्टिगढी गाउँपालिका–८ मेलटाकुराबाट दाङको तुल्सीपुरका लागि छुटेको रा १ ख ७३८ नम्बरको बस पानीगैरामा दुर्घटना भएको इलाका प्रहरी कार्यालय होलेरीले जनाएको छ ।
बसमा तिहार मनाएर फर्किएका १५ यात्रु चढेका थिए । बस सडकमै पल्टिएको छ । घाइतेको उपचारका लागि प्रादेशिक अस्पताल तुल्सीपुर दाङ पठाइएको छ ।
तुलसीपुर–१८ बस्ने ४५ वर्षका कलिराम परियार र उनकी छोरी ४ वर्षीया अन्जना परियार गम्भीर घाइते भएको प्रहरीले जनाइएको छ ।
चालक दाङ तुल्सीपुर उपमहानगरपालिका–१९ का केशव खड्का फरार रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७९ कार्तिक १२ गते शनिवार