२०८१ साउन ५ गते शनिवार

मौलीमा तालमा डुबेर एक जनाको मृत्यु


तुलसीपुर, कात्तिक १२ । दाङको दंगीशरणमा ग्वाला गएका एक जनाको तालमा डुबेर मृत्यु भएको छ ।

दंगीशरण गाउँपालिका वडा नं. ४ मौली गाउँका ६५ बर्षीय लवरु चौधरीको सिंचाईका लागि निर्मित स्थनीय तालमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

भैंसीलाई पानी खुवाउन लगेका चौधरी भैंसी पल्लो पट्टी पुगेपछि तालमा पौडी खेल्दै जाने क्रममा चौधरी शुक्रबार बिहान ११ बजेतिर तालमा डुबेर बेपत्ता भएका थिए ।

शुक्रबार दिनभर खोजी गर्दापनि फेला नपरेका चौधरीको शब शनिबार बिहान ९ बजेतिर इलाका प्रहरी कार्यालय हेकुली र मौली गाउँका स्थानीयले मिलेर खोजी गर्ने क्रममा फेला पारेका थिए ।

चौधरीको शब पोष्टमार्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *