घोराही, कात्तिक ११ ।घोराहीका अभिनाष जंग रानाले आफ्नो जन्मदिनको अबसरमा अग्नी पीडितलाई आर्थिक सहयोग गरेका छन् ।
घोराही उपमहानगरपालिका वडा नं. १५ शहिद गेट नजिकै लक्ष्मिपूजाको मध्य राति आगलागिबाट तीन फर्निचर उद्योग र एउटा गोदाममा आगलागी भएको थियो ।
ती अग्नी पीडितलाई रानाले शुक्रबार २५ हजार नगद आर्थिक सहयोग गरेका हुन ।
उक्त दिन दाजुभाइ फर्निचर उद्योग, न्यु दाजुभाई फर्निचर उद्योग, स्टार फर्निचर उद्योग र ओम गोदममा भएको आगलागीबाट झन्डै साढे ६ करोड बढी क्षति भएको प्रहरीले जानकारी दिएको छ ।
आगलागी पीडितलाई खान, बस्न समस्या नहोस भनेर जन्म दिनको अबसरमा आर्थिक सहयोग गरेको रानाले जानकारी दिएका छन् ।
राना एमाले नेता तथा दाङ क्षेत्र नम्वर २ क का प्रदेश उमेदवार बलिभद्र राना मगरका छोरा हुन ।
प्रकाशित मिति : २०७९ कार्तिक ११ गते शुक्रवार
