तुलसीपुर , कात्तिक ११ । दाङको तुलसीपुरमा डुबेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ मटेराका ६० बर्षीय बुद्धिराम अधिकारीको बबइ नदी तर्ने क्रममा डुबेर मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार शुक्रबार बिहान अधिकारीको शब बबई नदी किनारमा फेला परेको थियो ।
मृतकको शब पोष्टमार्टका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७९ कार्तिक ११ गते शुक्रवार
