२०८२ मङ्सिर २४ गते बुधवार

रुकुम पूर्व : परम्परागत गोरु जुधाइ प्रतियोगिता सम्पन्न

रुकुम पूर्व,कात्तिक ९ । रुकुम पूर्वमा सञ्चालन हुँदै आएकाे गाेरु जुधाइ प्रतियाेगिता यस वर्ष पनि सम्पन्न भएकाे छ ।

भूमे गाउँपालिका वडा नम्बर ६ महत गाउँमा हरेक वर्षको लक्ष्मी पूजाको अवसरमा गाेरु जुधाइ प्रतियोगिता सञ्चालन गरिँदै आएको छ ।

प्रतियोगितामा स्थानीय मनकुमार बुढाको गोरु पहिलाे भएको आयोजक गाउँखरदारी समितिका अध्यक्ष दलराज बुढाले जानकारी दिए ।

त्यसैगरी राज बुढाको गोरु दाेस्राे र कमल बुढाको गोरु तेस्राे भएको छ ।

प्रतियोगितामा जम्मा आठ वटा गोरुबीच बीच प्रतिस्पर्धा गराइएको अध्यक्ष बुढाले बताए। गाउँका बलिया गोरुहरूको छनोट गरी प्रतियोगिता सञ्चालन गरिएको थियो ।

प्रतियोगितामा पहिलाे, दाेस्राे र तेस्राे हुने गाेरुका मालिकलाई क्रमशः चार हजार पाँच सय, तीन हजार पाँच सय र दुई हजार पाँच सय रुपिँया नगद पुरस्कार प्रदान गरिएको अध्यक्ष बुढाले जानकारी दिए ।

प्रतियोगितामा पहिलाे हुने गाेरुकाे मालिकलाई आयोजकले पैसाको माला लगाइ बाजागाजासहित घरसम्म पुर्‍याउने परम्परा छ ।

त्यसका साथै त्यही टिमसहित स्थानीयवासी जम्मा भइ नजिकैको चौतारामा गएर नाचगान गर्ने प्रचलन रहेको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *