तस्बिर : कुलदिप न्यौपाने ।
घाेराही,कात्तिक ८ । दाङकाे घाेराहीमा फर्निचर उद्याेगमा आगलागी हुदा करोडौंकाे क्षति भएकाे छ ।
आगलागीबाट घाेराहीकाे सहिद उमेश मार्ग राेडमा रहेकाे तीन वटा फर्निचर उद्याेग पूर्ण रूपमा क्षति भएकाे छ ।
न्यू दाजुभाई, दाजुभाई र स्टार दाजुभाई तीन वटा फर्निचर उद्योगमा आगलागी भएकाे प्रहरीले जानकारी दिएकाे छ । आगलागीबाट करोडौंको क्षति भएकाे अनुमान गरिएकाे छ ।
सोमबार राति करिब १२ बजेतिर लागेकाे आगाे बिहान करिब साढे ४ बजे नियन्त्रणामा आएकाे छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरीले घाेराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाकाे सहयाेगमा आगाे नियन्त्रणमा लिएकाे हाे ।
तिहार लक्ष्मीपूजामा बालिएकाे दियाेका कारण आगलागी भएकाे हुन सक्ने आशंका गरिएकाे छ । थप विवरण आउन बाकी छ ।
प्रकाशित मिति : २०७९ कार्तिक ८ गते मङ्गलवार
