२०८२ मङ्सिर २३ गते मङ्गलवार

लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ


दाङ,कात्तिक ७ । बाँकेमा लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा डिभिजन वन कार्यालय घोराही दाङमा रेन्जर पदमा कार्यरत २८ वर्षीय किरण तिवारी र तुलसीपुर–१८ बस्ने २७ वर्षीय भरत चौधरी रहेका छन् ।

उनीहरुलाई १४ ग्राम ६१० मिलिग्राम ब्राउन सुगरसहित राप्ती सोनारी गााउँपालिका ९ ढकेरीबाट शनिबार साँझ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लले बताए ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक नवचन्द मल्लको कमाण्डमा खटिएको टोलीले रा १ ब ८९९ को सरकारी नम्बर प्लेटको पल्सर मोटरसाइकलसहित पक्राउ गरेको हो ।

उनीहरुमाथि लागूऔषध मुद्दामा आवश्यक अनुसन्धान अघि बढाएको डिएसपी मल्लले बताए ।

प्रकाशित मिति : २०७९ कार्तिक ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *