ड्वाङपुर(दाङ), कात्तिक ४ । आधा किसानहरुले मात्रै त्यस क्षेत्रमा रोपाइ गर्न पाए, आधा किसानले रोपाइ गर्नै पाएनन् । केहिको फसल राम्रो छ, केहिलाइ स्याहार्नै धौधौ । धानका विरुवा रसायनिक मल नपाएर सप्रन पाएनन्, केहि स्थानमा सिंचाइको समस्याका कारण रोपाइनै निकै ढिलो भयो । यहि बीचमा संघ र प्रदेशको निर्वाचनको तिथि घोषणा भएसंगै संघिय निर्वाचन क्षेत्रका उम्मेदवार दिपक गिरी र प्रदेश निर्वाचन क्षेत्रका उम्मेदवार डिल्ली वहादुर चौधरी पनि चुनावी घरदैलोमा त्यहि पुगे ।
धेरै किसानहरुको वाहुल्यता भएको सो क्षेत्रमा किसानहरुको एउटै माग थियो, समयमा रसायिनिक मल र सिंचाइ सुविधाको ।
किसानहरुले आफुहरुले केहि स्थानमा बृहत दाङ सिंचाइका परीयोजनाबाट केहि स्थानमा सिचाइको सुविधा पाएको भन्दै यस परीयोजनाको बजेट र कार्यक्षेत्र बढाउन माग गरेका थिए ।
जुन परीयोजना अहिलेका उम्मेदवार दिपक गिरी छोटो समयमा सिंचाइ मन्त्री हुदा दाङमै केन्द्रिय परीयोजना कार्यालय रहनेगरी पारेका थिए ।
सो परीयोजनाले दाङ उपत्यकामा मात्र नभएर सल्यान र रुकुममा पनि केहि परीयोजना सन्चालनमा ल्याएको छ । पानी पोखरीदेखि हाइड्याम सम्मका योजनामा परीयोजनाले काम गर्दै आएको छ ।
मतदाताको दैलोमा पुगेका उम्मेदवार दिपक गिरीले बृहत दाङ सिंचाइ आयोजनाको बजेट र सेवा क्षेत्र थप विस्तार गर्ने प्रतिवद्धता जनाए ।
साथै उनले सिंचाइको समस्या समाधान बृहत दाङ सिचाइ आयोजनाले गर्ने भन्दै अवदेखि रसायनिक मलको अभाव हुन नदिने आफु निर्वाचित भएको अवस्थामा सवैभन्दा पहिले त्यहि माग राख्ने पनि मतदातालाइ आश्वासन दिए ।
‘हामीले धेरै बर्षदेखि भोगिरहेको प्रमुख समस्या रसायिनिक मलकै हो, कृषि प्रधान मुलुक भनिएपनि हामीले विभिन्न राजनितिक उतारचढावका कारण मललाइ प्रार्थमिकतामा राख्न सकेनौं, अव मेरो पहिलो प्रार्थमिकता किसानलाइ खेतीपातीको समयमा रसायिनिक मल उपलव्ध गराउनु हो’, उम्मेदवार गिरीले भने ।
त्यसकालागी नेपाल सरकार लगायत विभिन्न बैदेशिक लगानी कर्ताहरुलाइ समेत रसायिनिक मल उत्पादन कारखाना नेपालमै सन्चालन गर्न प्रोत्साहन दिने पनि उनको अभिव्यक्ति थियो ।
गिरी सांसदमा निर्वाचित भएभने त्यसैमा मात्रै सिमित रहने छैनन् । उनको केन्द्रिय राजनिति संगको सामिप्यता र पहुचका कारण कुनैपनि विभागिय मन्त्री बन्न उनलाइ कुनै सकस हुने छैन ।
सोहि स्थानमा भएको घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा प्रदेश सभा सदस्यका उम्मेदवार डिल्ली वहादुर चौधरीले पनि ग्रामिण विकाशमा आफ्नो निरन्तर पहल हुने बताए ।
गाउगाउमा टुकि वालेर वेस मार्फत सामुदायिक साक्षारता अभियानबाट राजनितिमा प्रवेश गरेका नेता चौधरीको पछिल्लो समयमा दाङ जिल्लाको विकाश र आर्थिक समृद्धिमा ठुलै योगदान छ ।
‘हामीले झुठा आश्वासन बाड्ने छैनौं, जे जे वोलेका छौं, त्यो गर्दै आएका पनि छौं, त्यसैले तपाइहरु संग ढुक्क भएर मत माग्ने अधिकार हामीलाइ छ’, प्रदेश सभा सदस्यका उम्मेदवार डिल्ली वहादुर चौधरीले भने ।
प्रदेशसभा सांसद, सार्वजनिक लेखा समितिका सभापति हुंदै पछिल्लो समयमा लुम्विनी प्रदेशका ग्रामिण पर्यटन तथा सहरी विकाश मन्त्री चौधरीले भने ।
आफुले हरेक गाउका साना साना समस्या देखि बृहत्तर योजनामा समेत यस क्षेत्रमा योगदान गर्ने उनको दावी थियो । उनी पछि यो निर्वाचनमा निर्वाचित भएमा मुख्य मन्त्री हुने क्षमता भएका नेता हुन् ।
घोराहीलाइ धर्न, डुरुवा हुंदै फुलवारीलाइ जोड्ने दामोदर मार्गको स्तरोन्नतीकालागी आफुहरु महत्वपुर्ण पहल हुने पनि उनको अभिव्यक्ति थियो ।
मानव संसाधनको विकाशमा अमुल्य योगदान
यसैबीच संघिय निर्वाचन क्षेत्र नंवर ३ का प्रत्यक्ष तर्फका उम्मेदवार दिपक गिरीले आफुले भौतिक विकाश संगै मानव संसाधनको विकाशमा पनि आवस्यक पहलकदमी गर्ने बताएका छन् ।
नेपाल शिक्षक संघ, एकिकृत नेपाल शिक्षक संगठन, अखिल नेपाल शिक्षक संगठन र प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनको संयुक्त आयोजनामा भएको शैक्षिक गुणस्तर र पेषागत समस्या विषयक एक दिने कार्यशालामा प्रमुख अतितिको मन्तव्य दिंदै गिरीले यस्तो अभिव्यक्ति दिएका हुन् ।
सो अवसरमा उनले नेपालका शिक्षक, तल्लो तहका कर्मचारी र प्रहरी सुरक्षाकर्मिहरुको मासिक तलव कम भएको भन्दै यसलाइ कम्तिमा एसियाली मापदण्डमा पु¥याउने अभिव्यक्ति दिएका थिए ।
उनले शिक्षक एउटा सम्मानित पेषा भएको र यसले समाज परीवर्तनमा महत्वपुर्ण दायित्व निर्वाह गर्ने भन्दै विवेक प्रयोग गरेर मतदान गर्न संपुर्ण अभिभावकलाइ सुझाउन आग्रह गरेका थिए ।
साथै शिक्षक जस्तो बौद्धिक पेसाकर्मिहरुले मतदाता शिक्षालाइ पनि गाउगाउ सम्म केन्द्रित गरी मत खेरजान नदिन अधिक्तम पहल गर्न पनि आग्रह गरे ।
कार्यक्रममा विशिष्ठ अतिथि तथा प्रदेश सभा सदस्यका उम्मेदवार डिल्ली वहादुर चौधरीले शिक्षक भनेका सवैका गुरु भएको भन्दै गुरुले अशल चरीत्रका जनशक्ति निर्माण गर्न आग्रह गरे ।
‘तपाइहरुको पेषगत समस्यामा मात्र होइन, पेषागत मर्यादामा पनि हामीहरु नितान्त गम्भीर छौं, तपाइहरुले निर्माण गरेका जनशक्तिले भोलि मुलुक चलाउने हो’, उम्मेदवार चौधरीले भने, शैक्षिक गुणस्तर सुधारकालागी तपाइहरुले राखेका संपुर्ण मागहरुमा हामीहरु सकारात्मक छौं ।
सो अवसरमा शिक्षक प्रतिनिधिहरुले पेषागत समस्या समाधान नभएसम्म शैक्षिक गुणस्तर कायम हुन नसक्ने अभिव्यक्ति दिएका थिए ।
