तुलसीपुर, कात्तिक ३ । तुलसीपुरमा बिद्युत तारबाट हुक गरि माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ क्वाङखोलामा बेलुकी साढे ४ बजेतिर करेन्ट लगाइ माछा मार्ने क्रममा आँफैलाई करेन्ट लाग्न पुगी हस्नापुर गाउँका २० बर्षीय बिपिन बिकको मृत्यु भएको छ ।
संगै माछा मार्न गएका मध्य सोही गाउँका २० बर्षीय सर्वन बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार सोही गाउँका २२ बर्षीय अर्जुन बिक र ४० बर्षीय भोला डिसी संगै माछा मार्न गएका थिए ।
उनीहरु मिलेर खोलामाथिको नांगो तारमा तार बल्झाएर खोलमा करेन्ट मार्ने प्रयास गरेका थिए । सोही क्रममा बिपिनलाई करेन्ट लागेर मृत्यु भएको थियो । बिक र डिसी भने फरार रहेको प्रहरीले जानकारी दिएको छ ।
बुधबार मात्रै तुलसीपुर – १० पढ्ढाका ३१ वर्षीय तिलक केसीको करेन्ट लागेर मृत्यु भएको थियो ।
घरको बिजुलीको लाइनमा जोडेर कुलोबाट खेतमा सिंचाई गर्ने क्रममा केसीको दिउँसो करेन्ट लागेर मृत्यु भएको थियो ।
तुलसीपुरमा लगातार दुई दिनमा दुई जनाको करेन्ट लागेर मृत्यु भएको छ ।
