तुलसीपुर, कात्तिक ३ । दाङमा भएको हायस दुर्घटनामा परि चार जना घाइते भएका छन् । घाइते मध्य चालकको अवस्था गम्भीर रहेको छ ।
नेपालगंजका चालक २७ बर्षीय राजन बिक, सहचालक तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ सितलपुरका २६ बर्षीय नारायण कँवर, तुलसीपुर – १६ की ५५ बर्षीया सरिता बस्नेत, दंगीशरण गाउँपालिका वडा नं. १ का ५३ बर्षीय टोपेन्द्रबहादुर बिष्ट घाइते भएका छन् ।
अन्य सबैको उपचार तुलसीपुरस्थित राप्ती प्रोदशिक अस्पतालमा जारी को छ ।
गम्भीर घाइते चालक बिकलाई भने थप उपचारका लागि नेपालगंज रिफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
दाङको तुलसीपुरबाट बाँकेको नेपालगंज तर्फ जाँदै गरेको रा १ ज ७९२ नम्बरको हायस दिउँसो साढे ३० बजेतिर अनियन्त्रित भइ तुलसीपुर–१३ भञ्ज्याङमा दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७९ कार्तिक ३ गते बिहिवार
