दाङ, कात्तिक ३ । नेपाल युवा परिषदको कार्यालय विधिवत रुपमा सञ्चालनमा आएको छ ।
संघियता आउनु अघि केन्द्रिय निकाय माताहतमा रहेको युवा सञ्जाललाइ यो बर्ष प्रदेश सरकारले अपनत्व ग्रहण गरि युवा तथा खेलकुद मन्त्रालय माताहतमा प्रदेश युवा परिषद गठन गरेको थियो ।
सोहि प्रावधान अनुरुप करिब एक महिना अघि लुम्विनी प्रदेश युवा परिषदका संयोजक गोविन्द केसीले दाङ जिल्ला युवा परीषदको संयोजकमा तुलसीपुरका युवा समाजसेवी एवं राजनितिकर्मि अरुण लहरेलाइ दाङ जिल्ला संयोजकमा रुपमा नियुक्त गरेका थिए ।
लहरे विद्यार्थी राजनिति देखि समाजसेवाको क्षेत्रमा पनि चिरपरीचित छन् । नेविसंघको जिल्ला कोषाध्यक्षको भुमिका निर्वाह गरीसकेका लहरे पछिल्लो समयमा नेपाली कांग्रेसको भर्खरै सम्पन्न महाधिवेशनमा महाधिवेशन प्रतिनिधिका रुपमा समेत निर्वाचित भएका थिए ।
अरुण लहरे तुलसीपुरको महेन्द्र मावि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष समेत रहेका लहरे युथ अफ तुलसीपुर तथा सिर्जनशिल गाउ विकाश समाजमा समेत नेतृत्वदायि भुमिका निर्वाह गरेका व्यक्ती हुन् ।
जिल्ला युवा परीषदको कार्यालय जिल्ला समन्वय समितिमा स्थापना गरिएको छ । परिषदका अध्यक्ष लहरेलाइ जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, जिल्ला समन्वय अधिकारी मोहन सुवेदी लगायतले खादा र अविर लगाएर सफल कार्यकालको शुभकामना दिएका दिए ।
सो अवसरमा नेपाली कांग्रेसका युवा नेता दोर्ण देवकोटा, प्रदिप केसी, जिल्ला समन्वय समितिका कर्मचारी लगायतले लहरेलाइ शुभकामना दिंदै युवा नेतृत्व र युवा समृद्धिको सवालमा कर्तव्यनिष्ठ भएर अघि बढ्न सुझाव दिएका थिए ।
सो अवसरमा लहरेले आफु युवाहरुको ढुकढुकि भएको बताउंदै युवालाइ मुलुकको विकाशको मुल प्रवाहमा ल्याउन विशेष भुमिका खेल्ने प्रतिवद्धता जनाएका थिए ।
युवाहरुलाइ स्वरोजगार मुलक तालिम तथा रोजगारकालागी प्रोत्साहन गर्न प्रदेश सरकार र स्थानिय सरकारसंग समन्वय गरेर आफु अघि बढ्ने पनि लहरेको प्रतिवद्धता थियो ।
उनले तिहार पछि बजेट सहितका केही कार्यक्रम प्रदेश सरकारबाट आउने पनि उनको अभिव्यक्ति थियो ।
