२०८२ मङ्सिर २२ गते सोमवार

बजार अनगुमन

आगोमा जलेन जफत गरिएको घिउ …..

ब्रेकर

जब गत्ता जलाएर घिउ पोखियो, आगो पटक पटक निभेको थियो । ‘आगोमा पनि नजल्ने कस्तो घिउ रहेछ, यसको गुणस्तरीयतामा कसरी विश्वास गर्ने?’

बिजौरी, असोज ३०। यसपटक जफत गरिएका दैनिक खाद्य सामाग्री जलाउन निकै सहज हुने छ भन्ने धेरै अनुगमनकर्ताको विश्वास थियो । विजौरी बजारका विभिन्न खाद्य पशल तथा डेरीबाट जफत गरिएका म्याद नाघेका, सडेगलेका, र लेवलिङ नगरीएका उपभोग्य सामाग्रीहरु जफत गरिए ।

तुलसीपुर उपमहानगरपालिकाको उपभोक्ता शाखाको संयोजनमा खाद्य गुणस्तर डिभिजन कार्यालयय तुलसीपुर, इलाका प्रहरी चौकी हेमन्तपुर माताहतको विजौरी प्रहरी पोष्टका सुरक्षाकर्मि, विजौरी उद्योग वाणिज्य संघका प्रतिनिधि, उपभोक्ता हित संरक्षण मन्चका प्रतिनिधि तथा सन्चारकर्मिहरु समेतको सहभागितामा विजौरी बजारका विभिन्न पशलहरुमा आइतवार विहानै देखि अनुगमन सुरु भएको थियो ।

विहानै देखि सुरु भएको अनगुमनका क्रममा मानपुर रोड क्षेत्रका कम्तिमा एक दर्जन बढि पशलहरुमा अनुगमन गरियो ।

अनुगमनका क्रममा मदिरा पशल देखि डेरी उद्योग तथा चियानास्ता पशलहरु र खाद्य पशलहरुमा चेकजांच गर्दा बजारको अवस्था उस्तै । व्यापार व्यवसाय सन्चालन गर्दा अपनाउनुपर्ने कानुनी प्रक्रियामा त्रुटि देखि म्याद नाघेका र उपभोग गर्नै लायक नभएका दैनिक उपभोग्य सामाग्रीहरु पनि बजारभरी भेटिए ।

दालमा चिलेसा, चामलमा घुन त सामान्य देखिन्थे । उपभोग मुल्य नबुझिने उपभोग्य सामाग्रिहरुको पनि बजारमा प्रसस्त छन् । राप्ती भुजा र सल्यानी भुजामा पनि समस्या देखिएको छ ।

‘सय ग्राम तौल उल्लेखित भुजाको प्याकेट तौलदा १७ ग्राम कम पाइएको छ भने हामी उपभोक्ताहरु कसरी दैनिक रुपमा ठगिइरहेका छौं’, विजौरीका एक उपभोक्ताको गुनासो थियो ।

उपमहानगरपालिकाका उपभोक्ता शाखा प्रमुख रेखा शर्माको नेतृत्वमा खाद्ध गुणस्तर डिभिजन कार्यालय तुलसीपुरका रिजन कार्कि, तुलसीपुर उपमहानगरपालिका—१८ का वडाध्यक्ष माधव वली, विजौरी उद्योग वाणिज्य संघका महासचिव विदुर गौतम, आधिकारकर्मि केशव कुमार शर्मा, इलाका प्रहरी कार्यालय हेमन्तपुर माताहतका सुरक्षाकर्मि तथा सन्चारकर्मि समेतको रोहवरमा बजार अनुगमन गरियो ।

अनुगमनका क्रममा डेरीमा राखिएको घिउ देख्दै कालो फोहर जमेको, लेवलीङ नभएको पाइएको थियो । उक्त डेरीबाट टोलिले कम्तिमा ६ लिटर घिउ जफत गर्यो । प्रति लिटर तेह्र सय मुल्य पर्ने घिउ थियो, त्यो ।

अर्को एउटा ठुलो खाद्ध तथा किराना पशलमा केहि उपभोग मिति सकिएका अचारका बट्टाहरु, अर्को पशलमा म्याद गुज्रेका वेसनका पोका, अर्को पशलमा मुङको सडेको दल तथा किरा लागेको सेतो तील र केहि पशलमा डेट स्पायर गहुको आटा समेत भेटिए । ती सामाग्रिहरुलाइ उपभोक्ता हकहित संरक्षण ऐन अन्चर्गत मुचुल्का उठाइयो ।

त्यसपछि अनगगमन टोलिले उद्योग वाणिज्य संघ र स्थानिय सुरक्षाकर्मिको रोहवरमा मानपुर रोडकै किनारामा जलाएको थियो । जव गत्ता जलाएर घिउ पोखियो, आगो पटक पटक निभेको थियो । ‘आगोमा पनि नजल्ने कस्तो घिउ रहेछ, यसको गुणस्तरीयतामा कसरी विश्वास गर्ने?’ अनुगमनमै सहभागि एक जना प्रतिनिधिले घिउको गुणस्तर वारे आश्चर्य प्रकट गरेका थिए । चार किलो घिउले अन्य सामान नष्ट गर्न करीव आधा घण्टा लागेको थियो ।

जफत गरिएको घिउको मुल्य १३ सय रुपैया प्रतिकिलोमा बेच्ने गरीएको थियो । त्यसो त विजौरीकै अर्को खाद्ध पशलमा वीरगन्जमा उत्पादन भएको लेवल टागिएको आधा किलो घिउको मुल्य भने जम्मा ३ सय ५० रुपैया थियो ।

त्यो घिउको विषयमा अनुगमन र निरिक्षण परीक्षण गर्ने कि नगर्ने? पत्रकारहरुले यहि प्रश्न सोधेका थिए । प्रश्नको उत्तरमा तुलसीपुर उपमहानगरपालिका उपभोक्ता शाखा प्रमुख रेखा शर्माले तुलसीपुर बजारमा पनि यस्ता घिउ भेटिएकाले गुणस्तर परीक्षणकालागी प्रयोगशालामा पठाएको बताइन् ।

तिहार नदिकिंदै गर्दा वारा र वीरगन्जबाट बर्षेनी यस्तै गुणस्तरहिन घिउ दाङका बजारमा व्यापारीहरुले भित्राउने गरेका छन् । यस्ता घिउका विषयमा स्थानिय प्रशासन, स्थानिय सरकार र उपभोक्ता हकहित संरक्षण मन्च लगायतले संयुक्त अनुगमन गरी कानुनी कारवाहि समेत गर्नुपर्ने अधिकारकर्मि केशव कुमार शर्माले बताएका छन् ।

अनुगमनलाइ स्थानियबासीहरुले पटके भनेका छन् । स्थानिय उपभोक्ताहरुले यस्ता अनुगमनलाइ निमिमित बनाइ अखाद्ध सामाग्रिहरु वेच्नेलाइ कडा कानुनी कारवाहि गर्नपनि सुझाव दिएका थिए ।

अनुगमन निरन्तर भैरहंदा पनि बजार पुर्ण रुपमा सुध्रन सकेको छैन । व्यवसाय स्थानिय पालिकामा दर्ता भएर सन्चालनमा ल्याउनुपर्ने स्थानिय सरकारले कानुनी व्यवस्था गरेपनि अधिकांश प्रतिष्ठानहरु उपमहानगरपालिकामा दर्ता नभएको पाइएको छ । विशेष गरी मदिरा व्यवसायीहरु स्थानिय पालिकामा दर्ता हुन चाहिरहेका छैनन् ।

उनीहरुले घरेलु, प्यान र भ्याटमा दर्ता भैसकेको भन्दै दोहोरो कर बुझाउदा आफुहरुलाइ थप आर्थिक भार परीरहेको पनि अनुगमन टोलिलाइ बताएका थिए । अन्य व्यापार व्यावसाय भन्दा मदिरा व्यवसायलाइ उपमहानगरपालिकामा दर्ता गर्दा शुल्क महंगो भएकाले पनि उनीहरु स्थानिय सरकारमा दर्ता हुन नचाहेको बताएका छन् ।

धेरै क्षेत्रबाट अनुगमन भैरहेपनि दैनिक उपभोक्ताको बजारमा सुधार आउन सकेको छैन । होटलहरुमा खाद्ध स्वच्छताको अवस्था दयनिय भएको उपभोक्ताहरुको गुनासो छ ।

माछा व्यापार धुलाम्मे सडकमा भैरहेको छ । तुलसीपुरमा मासु मन्डी पनि बर्षौ देखि उस्तै छ । काटिएको मासु खुल्ला रुपमा फलामे हुकमा झुण्ड्याउने गरीएको पाइन्छ । बधशाला भुस्याहा कुकुरले चाटिरहेको देखिन्छ । फलफुल व्यवसाय पनि खुल्ला सडकमै भैरहेको छ । फलफुल पनि सडेगलेका पाइन्छन् । जतिसड्दै जान्छ, त्यसरीनै भाउ घटाएर व्यवसायीहरुले बेचविखन गर्दे आएका छन् । उपभोक्ताहरुले यसमा पनि निगरानी राख्न स्थानिय सरकारलाइ आग्रह गरीरहेका छन् ।

प्रकाशित मिति : २०७९ असोज ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *