दाङ,फागुन १७ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ रक्षाचौर निवासी अन्दाजी २७ बर्षीय गणेश हमाललाई तरवार प्रहार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले हमाललाई तरवाल प्रहार गर्ने तुलसीपुर ७ डाँडापातु निवासी २१ बर्षीय अमर सिंह राठोरलाई घटना केही बेरमै पक्राउ गरिएको जानकारी दिएका छन् ।
‘हतियार प्रहार गरि भाग्दै गरेका सिंह राठोरलाई प्रहरीले लखेटेर तुलसीपुर ७ खर्चवाको जंगलवाट पक्राउ गरेको हो,’ डिएसपी शाहीले भने ‘ घटना लगतै प्रहरी मुभ भयो र भाग्दै गरेका आरोपितलाई घटना लगतै पक्राउ गर्न सफल भयौं।’ ट्याक्सी समितिका कर्मचारी समेत रहेका हमालमाथि तुलसीपुर–सल्यान रोडको नयाँ ट्याक्सी काउन्टरमा बसी रहेको समयमा ४÷५ जनाको संख्यामा रहेका अपरिचित युवाहरुले तरवार र खुकुरी प्रहार गरी गम्भीर घाइते तुल्याएका थिए ।
शुक्रवार दिउँसो ३ बजेतिर हमालमाथि प्रहार भएको तथा त्यसमा संलग्त मध्यका सिंह राठोरलाई त्यसको एक घन्टा नवित्दै पक्राउ गर्न सफल भएको डिएसपी शाहीले बताए । घटनामा संलग्न अन्यको खोजी कार्य तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ ।
तरवार र खुकुरी प्रहार वाट हमालको टाउको,ढाड र खुट्टामा गहिरो घाउ लागेको छ । घाइते हमाललाई तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल प्रारम्भीक उपचार पछि थप उपचारको लागि नेपालगञ्ज रेफर गरिएको छ ।
यो पनि पढ्नुहोस
ट्याक्सी समितिका कर्मचारी हमालमाथि तरवार प्रहार