२०८१ बैशाख ६ गते बिहिवार

ट्याक्सी समितिका कर्मचारी हमालमाथि तरवार प्रहार

तस्विरः केशव चौधरी


दाङ, फागुन १७ ।
तुलसीपुरमा दिनदाहाडै एक युवामाथि अपरिचित समूहले तरवार प्रहार गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ रक्षाचौर निवासी अन्दाजी २४ बर्षीय गणेश हमालमाथि शुक्रवार दिउँसो ३ बजेतिर तरवार प्रहार भएको हो ।

तरवार र खुकुरी प्रहारबाट हमालको टाउको, ढाड र खुट्टामा गहिरो घाउ लागेको छ । घाइते हमाललाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल प्रारम्भीक उपचारपछि थप उपचारको लागि नेपालगंज रेफर गरिएको छ ।

ट्याक्सी समितिका कर्मचारीसमेत रहेका हमालमाथि तुलसीपुर सल्यान रोडको नयाँ ट्याक्सी काउन्टरमा बसी रहेको समयमा चार÷पाँचजनाको संख्यामा रहेका अपरिचित युवाहरुले तरवार र खुकुरी प्रहार गरेका थिए । उनीहरु सबै मुखमा मास्क लगाएर आएको प्रत्यक्षदर्शीले बताएका छन् । आक्रमण गर्दा उनीहरु पैदल हिडेरै आएको र त्यसपछि भागेका थिए ।

यसैबीच ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले तरवार र खुकुरी हानेर फरार युवाहरुको खोजी भइरहेको जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७५ फाल्गुन १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *