तुलसीपुर, असोज ३० । दाङ क्षेत्र नं.३ (ख)का उम्मेदवार धनबहादुर मास्के (राजेश) ले पश्चिम दाङबमे बिकाशका लागि आफ्नो उम्मेदवारी भएको बताएका छन् ।
नेकपा माओवादी केन्द्र तुलसीपुर १० ले आयोजना गरेको चुनाबी कार्यक्रममा पार्टीका पोलिटब्यूरो सदस्यसमेत रहेका मास्कीले आँफु बिजयी भएपछि पश्चिम दाङलाई पाँच बर्षमा कायापलट गर्ने गरि बिकास निर्माणका काम गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
‘ हामीले मुलुकमा गणतन्त्र स्थापना गर्न खेलेको भूमिका महत्वपूर्ण छ,’ उनले भने ‘अब यहाँको अबस्था बदल्न चुनाबी मैदानमा उत्रिएको हुँ।’
उनले आँफुलाई बिजयी गराउन आग्रह गर्दै त्यसपछि आँफु पश्चिम दाङबासीले भोग्दै आएका समस्या समाधानका लागि लाग्ने बताएका थिए ।
‘म यही धर्तिमा जन्मिएको मान्छे हुँ,’ उनले भने ‘मलाई यहाँको विकासप्रति निकै चिन्ता छ त्यसैले म जनतासंग जोडिन आएको हुँ ।’
उनले गठबन्धनका साझा उम्मेदवार दाङ क्षेत्र नं.३ मा काँग्रेसका दीपक गिरी र दाङ क्षेत्र नं.३(ख)मा आफूलाई मतदान गरि बिजयी गराउन आग्रह गरेका थिए ।
