२०८१ भाद्र २५ गते मङ्गलवार

वनहरी महायज्ञ बाट साढे ६० लाख सकंलन

यमकला भुसाल,
तुलसीपुर, फागुन १७ । तुलसीपुर उपमहानगरपालिका वडा नं ४ बनहरीमा हालै लगाइएको महायज्ञको आयव्यय विवरण सार्वजनिक गरिएको छ । गत माघ २३ देखि फागुन २ गतेसम्म सञ्चालन भएको महायज्ञबाट साढे ६० लाख बढी दान संकलन भएको शुक्रवार पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

कैलाशधाम नागेश्वर मन्दिर निमार्ण गर्नका लागि त्यहाँ महायज्ञ लगाइएको थियो । वनहरीको थारु गाउँमा एउटा गोमन सर्प नियमित एकै स्थानमा देखिन थालेपछि त्यसलाई नाग देवता मान्दै मन्दिर निर्माणार्थ आर्थिक सहयोग संकलन गर्ने उदेश्यले महायज्ञ लगाइएको थियो ।

तुलसीपुरमा महायज्ञ संचालक समितिले गरेको पत्रकार सम्मेलनमा रसिद दानबाट ५५ लाख ६० हजार ९ सय १४ रुपैंया,भेटी सकंलनबाट ७० हजार ८ सय ७२ रुपंैया,दान पेटिकामा सकंलित रकम ३४ हजार ८ सय ७२ रुपैंया र दान भएको धानबाट ३ लाख ५४ हजार ६ सय २५ रुपंैया,चामल बाट ४५ हजार समेत गरि कुल ६० लाख ६६ हजार २ सय ८ रुपैंया आर्थिक सकंलन भएको जानकारी दिइएको छ ।

महायज्ञ मुल आयोजक समितिका महासचिव राजेन्द्रप्रसाद पोख्रेलले उक्त रकम मध्ये २२ लाख ६७ हजार ८८ रुपैंया अझैं उठ्न बाकी रहेको पत्रकार सम्मेलनमा बताएका छन् । महायज्ञमा १७ लाख ९२ हजार २ सय ९५ रुपैंया खर्च भएको पनि जानकारी दिइएको छ । हाल समिति संग नगद ४२ लाख ७३ हजार ९ सय १३ रुपैंया बचत पोखरेलले बताए ।

त्यसका साथै मन्दिर निमार्णका ४ कठ्ठा ३ धुर जग्गा खरिद गरिएको पनि जानकारी दिइएको छ । जग्गाको लागि ९ लाख ६० हजार रुपंैया बुझाएको र केही रकम भुक्तानी गर्न बाँकी रहेको जानकारी दिइएको छ । यसअघि नै त्यहाँ गत सरस्वती पूजाको दिनमा कैलाशधाम नागेश्वर मन्दिर निर्माण गर्नको लागि तुलसीपुरकी उपप्रमुख माया आचार्यले त्यसको शिलन्यास गरेकी थिइन । कार्यक्रम रिपोर्टस क्लव दाङका अध्यक्ष सरद रेग्मीको अध्यक्षतामा भएको हो ।

प्रकाशित मिति : २०७५ फाल्गुन १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *