२०८१ साउन ९ गते बुधवार

नवौं राष्ट्रिय खेलकुद ः महिला १०० मिटर दौडमा लुम्बिनीकी निशाको कीर्तिमान

दाङ,असोज २९ । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला १०० मिटर दौडमा लुम्बिनी प्रदेशकी निशा चौधरीले नयाँ कीर्तिमान बनाएकी छिन् ।

निशाले हिटमै कीर्तिमान बनाएकी हुन् ।

उनले १२.१५ सेकेण्डमा दौड पूरा गर्दै सन् १९९९ मा भएको आठौँ सागमा देवी माया पनेरुले राखेको कीर्तिमान तोडिन् ।

यसअघि निशाले काठमाडौंमा भएको राष्ट्रियपति रनिङ शिल्डमा तीन कीर्तिमान बनाएकी थिइन् ।

एथ्लेटिक्समा आज कूल ७ स्वर्णको छिनोफानो हुनेछ ।

प्रकाशित मिति : २०७९ असोज २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *