२०८२ मङ्सिर १९ गते शुक्रवार

आम चुनाव २०७९ ः प्रत्यक्षतर्फ ४ सय ९५ प्रकारका ४ करोड थानभन्दा धेरै मतपत्र छापिने

काठमाण्डौ ,असोज २७ । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको चुनावका लागि आज बिहीवारदेखि मतपत्र छपाइको काम सुरु भएको छ ।

उम्मेदवारको मात्र चुनाव चिह्न रहने गरी प्रत्यक्ष प्रणालीतर्फको मतपत्र छपाइ आजदेखि सुरु गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए। मतपत्र जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा छपाइ भइरहेको छ ।

यस प्रणालीतर्फ प्रत्येक निर्वाचन क्षेत्रको छुट्टाछुट्टै हुने गरी चार सय ९५ प्रकारका मतपत्र छापिने छन् ।

प्रदेश सभातर्फ तीन सय ३० निर्वाचन क्षेत्रका लागि दुई करोडभन्दा धेरै र प्रतिनिधि सभाको एक सय ३५ निर्वाचन क्षेत्रका लागि दुई करोडभन्दा धेरै गरी चार करोडभन्दा धेरै मतपत्र छापिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ मतपत्र छपाइको काम भने सम्पन्न गरेको छ ।

आयोगले समानुपातिकतर्फ प्रतिनिधि सभा र प्रदेश सभातर्फ गरी चार करोड ५५ लाख थान मतपत्र छपाइ गरिसकेको छ ।

प्रकाशित मिति : २०७९ असोज २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *