२०८२ मङ्सिर २४ गते बुधवार

रगैंचामा गठवन्धनको चुनावीसभा,विकासका लागि मतदान गर्न आग्रह

तुलसीपुर,असोज २६ । नेपाली कांग्रेस नेतृत्व गठवन्धनको चुनावी सभा तथा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम बुधवार शान्तिनगरको रगैंचामा सम्पन्न भएको छ ।

प्रदेशस्तरिय क्षेत्रीय चुनावी समितिको आयोजनामा भएको कार्यक्रममा सम्बोधन गर्दै संघीय प्रतिनिधि सभा सदस्यका उमेदवार अतिथि दीपक गिरीले लोकतन्त्रको रक्षा र संविधानमा भैरहेको ठाडो हस्तक्षपको अन्त्य गर्नका लागि गठवन्धन आवश्यक भएको बताएका छन् ।

पुर्ब सिचाई मन्त्री समेत रहेका गिरीले बृहत् दाङ सिचाइ परियोजनालगायत दाङको विकास लागि आफू र कांग्रेसले खेलको भूमिका स्मरण गराउँदै समग्र पश्चिम दाङको विकासका लागि गठवन्धनको जीत आवश्यक रहेको वताएका थिए ।

लोकतन्त्र, संविधान र देशलाई वचाई देशको समग्र विकास गरी युवा रोजगारी सिर्जना गर्न गठनवन्धको जीत आवश्यक रहेको वताएका थिए ।

प्रदेश क्षेत्र नम्वर तीन एकका काँग्रस उपसभापती दोर्ण देवकोटाको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा वोल्दै गठवन्धनका प्रदेश सभा सदस्यका उमेदवार धनबहादुर मास्केले देशमा भएको आमूल परिवर्तनलाई संस्थागत गरी देशको विकास गर्न गठवन्धनको जित आवश्यक रहेको वताए ।

उनले देशलाई संकटवाट पार गराउनको लागि पनि गठवन्धको आवश्यक रहेको वताए । माओवादी केन्द्रका मोहनलाल वलीको अध्यक्षता भएको कार्यक्रममा वोल्ने अन्य सहभागीहरुले पार्टी भन्दामाथि उठेर देश बचाउनको लागि गठवन्धनलाई जिताउन आवश्यक रहेको वताएका थिए ।

कार्यकर्ममा राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्मा, कांग्रेस जिल्ला सभापति शंकरप्रसाद डाँगी, क्षेत्र नम्वर ३ का सभापती जगतबहादुर खड्का, माओवादीका भिमबहादुर वली, नेका महाधिवेशन प्रतिनिध टिकाराम घर्ती,माओवादी केन्द्रका लुम्विनि प्रदेश सदस्य धिरज सेर्पाइली, जिल्ला समन्वय समितिका उप–संयोजक चेतना चौधरीलगायतले बोलेका थिए ।

कार्यक्रमको सहजीकरण कांग्रेस दाङ क्षेत्र नं. ३ (१) का सचिव लेवाराम आचार्यले गरेका थिए ।

प्रकाशित मिति : २०७९ असोज २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *