२०७७ मङ्सिर १७ गते बुधवार

गढवाको जंगलमा बन्दुक र मरेको रतुवा फेला

दाङ, फागुन १७ । दाङको एउटा जंगलमा बन्दुक र मरेको राते फेला परेको छ । जिल्लाको गढवा गाउँपालिका वडा नं. ५ स्थित भवानी सामुदायिक वनमा वन्दुक गोली हानेर मारिएको रतुवा र बन्दुक फेला परेको छ ।

जिल्ला प्रहरी प्रवक्ता तथा डिएसपी रामप्रशाद घर्तीले बिहीवार दिउँसो २ बजेतिर वनमा बन्दुक पड्केको आवाज सुनेपछि वनमा खोजतलास गर्दा गोली हानेर मारिएको एउटा रतुवा र नजिकै एक थान भरुवा वन्दुक फेला परेको जानकारी दिए ।

यसैबीच मरेको रतुवालाई कानुनी प्रक्रिया पुरा गरि डिभिजन वन कार्यालय गढवा दाङमा बुझाइएको प्रहरीले जानकारी दिएको छ । घटनावारे थप अनुसन्धान जारी रहेको तथा शिकारीको खोजी भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *