दाङ, असोज २५ । रुकुम पश्चिममा नेपाली काँग्रेसबाट प्रदेश सभा सदस्य पदका उम्मेदवारी दिएका प्रेमप्रकाश वली बिरुद्ध उजुरी परेको छ ।
एक मात्र निर्वाचन क्षेत्र रहेको यो जिल्लामा पार्टी सभापति समेत रहेका वलीले निर्वाचन क्षेत्र नं. ९ख० मा उम्मेदवारी दर्ता गरेका छन् ।
वली बिरुद्ध जाहेरी कर्ताले बैंकिङ कसुर मुद्दामा एक महिना कैद सजाय र जरिवाना हुने फैसला भएपनि वलीले सजाय भुक्तान नगरेको हुँदा उम्मेदवार बन्न अयोग्न रहेको दाबी गरेका छन् ।
वलीको उम्मेदवारी बिरुद्ध उजुरी दिने ब्यक्ति धुर्वबिक्रम बुढाथोकी हुन । बुढाथोकी नेकपा माओबादी केन्द्रका स्थानीय नेता हुन ।
बुढाथोकी यही क्षेत्रमा माओवादीबाट उम्मेदवारी दिएका राजकुमार शर्माका प्रतिनिधिसमेत हुन ।
निर्वाचन अधिकृतको कार्यालयले उजुरीका सम्बन्धमा आवश्यक प्रमाणसहित उपस्थित हुन दुवै पक्षलाई मंगलबार दिउँसो साढे चार बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बोलाएको छ ।
मानोबादी नेता तथा अर्थमन्त्री जनार्दशन शर्माको गृह जिल्लामा सबै प्रमुख दलहरु एक्ला एक्लै निर्वाचनमा भिड्न थालेका छन् ।
सत्तासिन दलहरुका बीचमा मुलुक भर गठबन्धन भएपनि अर्थमन्त्री शर्माले आफ्नो जिल्लामा अहंकार देखाएको हुँदा गठबन्धन हुन नसकेको काँग्रेस नेताहरुको आरोप रहेको छ ।
शर्मा आँफै पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुन ।
