२०८१ असार २९ गते शुक्रवार

घोराहीमा कारको ठक्करबाट महिलाको मृत्यु


तुलसीपुर, असोज २४ । कारको ठक्कर बाट एक महिलाको मृत्यु भएको छ ।


घोराही उपमहानगरपालिका वडा नं. १० चार बगियाकी ७५बर्षीया कुँवारी उपाध्यायको बा २५८० च नम्बरको कारको ठक्करबाट मृत्यु भएको छ ।


गम्भीर घाइते उपाध्यायलाई घोराहीस्थित राप्ती प्रादेशिक अस्पताल पु¥याए लगतै चिकित्सकले मृत घोषणा गरेका थिए ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी राजन गौतमका अनुसार आइतबार बेलुका साढे ६ बजेतिर हापुरदेखि नारायणपुर तर्फ आउँदै गरेको उक्त कारले पैदल हिडिरही उपाध्यायलाई ठक्कर दिएको थियो ।


चालक र कार प्रहरी नियन्त्रणमा रहेका छन् । फरार कार चालक राति अबेर मात्रै पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७९ असोज २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *