२०८१ असार ३० गते शनिवार

रुकुम पश्चिममा माओबादी, काँग्रेस र एमाले एक्ला एक्लै भिड्दै


दाङ, असोज २४ । रुकुमपश्चिममा प्रमुख दलहरु एक्ला एक्लै भिड्ने भएका छन् ।

नेपाली काँग्रेस, माओबादी केन्द्र र नेकपा एमालेले छुट्टा छुट्टै उम्मेदवारी दर्ता गराएका छन् ।

यो जिल्ला नेकपा माओबादीका नेता तथा अर्थमन्त्री जनार्दशन शर्मा (प्रभाकर) को जिल्ला हो ।

सत्तासिन दलहरुका बीचमा अन्य ठाउँमा चुनाबी गठबन्धन भएपनि रुकुम पश्चिममा माओबादीकै दम्भका कारण एक्ला एक्लै भिड्ने स्थिति आएको काँग्रेसका एक जिल्ला नेताले बताए ।

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको यो जिल्लामा माओबादी केन्द्रबाट प्रतिनिधिसभा सदस्य पदका लागि अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) र प्रदेशसभा १ मा महेन्द्र केसी र प्रदेशसभा २ मा राजकुमार शर्माको उम्मेदवारी दर्ता भएको छ ।

त्यस्तै नेपाली कांग्रेसले पनि यहाँ एकल रुपमा प्रतिनिधि सभा र प्रदेशसभा सदस्यका लागि एक्लै उम्मेदवारी दर्ता गराएको छ ।

यहाँ प्रतिनिधी सभा सदस्यको लागि काँग्रेसका केन्द्रीय सदस्य मानबहादुर नेपाली, प्रदेश निर्वाचन क्षेत्र १ काँग्रेस कर्णाली प्रदेशका महामन्त्री कृष्णबहादुर रोकाय र प्रदेश निर्वाचन क्षेत्र २ मा कांग्रेस जिल्ला सभापति प्रेमप्रकाश ओलीको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

यो जिल्लामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका तर्फबाट पनि एकल रुपमा उम्मेदवारी दर्ता भएको छ ।
प्रतिनिधि सभा सदस्य पदका लागि एमाले जिल्ला अध्यक्ष नन्दराम देवकोटाले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै प्रदेश सभा सदस्य पदका लागि १ मा नारायणकुमार शाह र २ मा कर्णबहादुर घर्तीको उम्मेदवार दर्ता भएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

मसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आइतबार उनीहरुले तोकिएकै समयमा उम्मेदवारी दर्ता गराएका हुन ।

प्रकाशित मिति : २०७९ असोज २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *