दाङ, असोज २३ । बुधबारदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरोमा परी लुम्बिनी प्रदेशमा १५ जनाको मृत्यु भएको छ ।
वितेको ६ दिनमा प्रदेशका १२ जिल्लामा गरी १५ जनाको मृत्यु भएको हो ।
असोज १८ गतेदेखि आज २३ गते विहानसम्म १५ जनाको मृत्यु हुनुका साथै बाढी, पहिरोमा परी ८ जना बेपत्ता भएका छन् ।
उनीहरुको खोजिकार्य भइरहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।
बाढी पहिरोमा परी ४ जना घाइते भएका छन् ।
प्रकाशित मिति : २०७९ असोज २३ गते आइतवार
