२०८२ मङ्सिर २३ गते मङ्गलवार

पूर्व–पश्चिम राजमार्गलगायत दाङका सबै सडक एकतर्फी खुले

तुलसीपुर,असोज २२ । पहिरोका कारण दुई दिनदेखि बन्द पूर्व–पश्चिम राजमार्गको दाङ खण्डलगायत दाङका सबै सडक एकतर्फी खुलेका छन्।

गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटमा भालुवाङ सडक खण्ड, लमही–घोराही सडक खण्ड, अमिलिया–लमही सडक खण्ड, भालुवाङदेखि प्युठान जोड्ने सडक खण्ड एकतर्फी सञ्चालनमा आएका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

यस्तै शहीद मार्ग अन्तर्गत दाङको घोराहीदेखि रोल्पाको होलेरी जोड्ने सडक खण्ड पनि सञ्चालन भएको छ ।

दाङको सदरमुकाम लमही प्रवेश गर्ने मुख्य सडक लमही–घोराही सडक खण्ड पनि केहीबेर अघिदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

सडक खण्डको ठाउँठाउँमा लेदोसहितको पहिरो झरेर दुई दिनदेखि सडक बन्द थिए ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतको लामो प्रयासपछि पहिरो हटाइएको हो ।

प्रकाशित मिति : २०७९ असोज २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *