२०८२ मङ्सिर २२ गते सोमवार

दाङको देउखुरीमा २ सय बढी भप्किए, हजारौं विस्थापित


तुलसीपुर, असोज २२ । अबिरल बर्षा पछिको डुवानले दाङको देउखुरीमा मात्रै दुई सय बढी घर भत्किएका छन् ।

झन्डै चार हजार घर डुवानमा परेका छन् । दाङका प्रहरी प्रमुख एसपी बीरबहादुर वलीले जसले गर्दा हजारौं सर्वसाधारण मानिस बिस्थापित भएको जानकारी दिए ।

दाङ जिल्ला बिपद ब्यबस्थापन समितिका सूचना अधिकारी विनायक पौडेलले अबिरल बर्षा र डुवानले गर्दा जिल्लाको देउखुरी क्षेत्रमा मात्रै २ हजार ९ सय ५२ घर डुवानमा परेको र २ सय ३ घर भत्किएको जानकारी दिए ।

गढवा गाउँपालिकामा ६ सय ६० घर डुवानमा परेको र ८० घर भत्किएको, राप्ती गाउँपालिकामा ६ सय १० घर डुवानमा परेको र ६५ घर भत्किएको, लमही नगरपालिकामा ४६१घर डुवानमा परेको र ४३ घर धप्किएको र राजपुर गाउँपालिकामा २ सय २१ घर डुवानमा परेको र १५ घर भत्किएको पौडेलले बताए ।

बाढी र डुवानका कारण देउखुरी उपत्यकाको चार पालिका राप्ती गाउँपालिका, लमही नगरपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिमा तीनसम्मको अबिलर बर्षापछिको बाढी र डुवानका कारण सर्वसाधारणको बिचल्ली भएको छ ।

पानी पर्ने क्रम रोकिएसंगै बिस्तारै नदी र खोलाहरुको बहाब घट्दै गएको हुँदा क्रमिक रुपमा जनजीवन सहज बन्ने अपेक्षा गरिएको छ ।

शुक्रबार राति दश बजेसम्म बाढीका कारण जोखिममा परेका २ सय ४० जनालाई रबरबोटको साहेताले उद्धार गरिएको थियो ।

नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको उद्धार टोलीले लमही –८ धनपुरुवा, राप्ती र गढवाका बिभिन्न स्थानबाट उनीहरुलाई उद्धार गरेको थियो ।

घोराही–लमही सडक खण्डको बिभिन्न ठाउँमा झरेको पहिरो आँफै खटेर राति साढे १ बजे खोलिएको भएपनि खण्डमा बिहान फेरि पहिरो झरेको थियो ।

जिल्ला प्रहरी प्रमुख एसपी वली र प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी शनिबार बिहानै बाढीका कारण डुवानमा परेको देउखुरी क्षेत्रमा गएका छन् ।
डुवानमा परेका सबै क्षेत्रमा प्रहरी अझैं जान सकिरहेको छैन ।

प्रकाशित मिति : २०७९ असोज २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *