२०८२ मङ्सिर २७ गते शनिवार

एमालेबाट गंगा चौधरीको बिद्रोहको संकेत, स्वतन्त्र उम्मेदवारी घोषणा

दाङ, असोज २१ । नेकपा एमालेकी निर्वतमान सांसद गंगा चौधरी पार्टीमा बिद्रोहको संकेत गरेकी छिन ।

पार्टीले टिकट नदिएने निश्चित भएपछि उनले शुक्रबार स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी हुन ।
एमालेले दाङ क्षेत्र नं. १ मा एमालेले पोलिटव्यूरो सदस्य तथा पूर्व सांसद शान्ता चौधरीलाई प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाउने निश्चित भएपछि गंगाले पार्टीको निर्णय बिरुद्ध बिद्रोहमा उत्रने स्पष्ट संकेत गरेकी छन् ।

आफ्नो सामाजिक संजाल फेसबुकमा स्ट्याटस लेख्दै उनले अब स्वतन्त्र उम्मेदवारका रुपमा जनता माझ जाने उल्लेख गरेकी छिन् ।

यसअघि क्षेत्र नं. १ मा गंगाले टिकट पाउने चर्चा चुलिएको थियो । पार्टीले शान्तालाई टिकट दिने निर्णय गरेपछि गंगाले बिद्रोही भएर प्रतिपष्र्धामा उत्रने बताएकी हुन ।

‘ मैले ठिक निर्णय गरे या बेठिक मलाई थाहाँ छैन राष्ट्र र राष्ट्रियताका लागि म संधै लागि रहने छु जनता भगवान हुन जनता नै सर्वपरि हुन देशलाई शिर माथि राखेर आज स्वतन्त्र उम्मेदवार भएर जनताको बीचमा आउँदै छु हजुरहरुको साथ चाहिएको छ,’ गंगाले स्ट्याटसमा लेखेकी छन् ।

गंगा पहिलो र दोस्रो संविधानसभामा थरुहट पार्टीबाट समानुपातिक सांसद बनेकी थिइन ।

चौधरी २०७४ मा पनि एमालेबाट समानुपातिक सांसद बनेकी थिइन ।

गठबन्धन दलबाट दाङ निर्वाचन क्षेत्र नं. १ मा नेकपा एकीकृत समाजबादीका नेता तथा सहरी विकास मन्त्री मेटमणि चौधरी प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने लगभग निश्चित भइ सकेको छ ।

प्रकाशित मिति : २०७९ असोज २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *