तुलसीपुर , असोज २१ । अबिरल बर्षाका कारण जिल्लाको बिभिन्न ठाउँमा पहिरो जाँदा सवारी साधन संचालन हुन सकेको छैन ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत लमही नगरपालिकाको सतबरियामा झरेको पहिरोका कारण अबरुद्ध राजमार्ग खुलाउने प्रयास जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै शहिद मार्ग अन्तगत दाङको घोराहीदेखि रोल्पाको होलेरी जोड्ने सडक खण्ड फेरि शुक्रबार बिहानैदेखि अबरुद्ध भएको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी निरीक्षक रामबहादुर जिसीका अनुसार दाङको भालुवाङदेखि प्यूठान जिल्ला जोड्न सडक खण्डको ठाउँ ठाउँमा झरेको पहिरोका कारण दाङ– प्यूठान सडक खण्डमा पनि यातायातका साधन गुड्न सकेका छैनन् ।
जिसीका अनुसार लुम्बिनी प्रदेशका बुटवल – पाल्पा सडक खण्डपनि पहिरोका कारण अबरुद्ध भएको छ ।
प्रकाशित मिति : २०७९ असोज २१ गते शुक्रवार
