२०८२ मङ्सिर २७ गते शनिवार

बर्दीयामा ८० बढी घर डुवानमा, २ सय ५० बढी बिस्थापित


दाङ, असोज २१ । बर्दिया जिल्लामा बबई नदीको पानी बस्तिमा पस्दा ८० बढी घर डुवानमा परेका छन् ।

झन्डै दूई सय ५० बढी स्थानीय बिस्थापित भएका छन् ।

जिल्ला प्रहरी प्रमुख एसपी बीरेन्द्रबहादुर शाहीले जिल्लाको गुलरिया नगरपालिका वडा नं. ५, ८,११ र १२ नम्बर वडामा बबईको बाढी पसेपछि ८० बढी घर डुवानमा परेको तथा दुई सय ५० बढी सर्वसाधारण बिस्थापित भएको जानकारी दिए ।

शाहीका अनुसार वडा नं. ५ मा ३५ घर परिवार, ८ मा २८ घर परिवार , वडा नं. ११ मा १२ घर परिवार र वडा नं. १२ मा ३ घर डुवानमा परेको जानकारी दिए ।

बिस्थापितहरुलाई बिद्यालय, मानव बचाउ घर र केही बिस्थापितहरुले आफन्तकोमा आश्रय लिइरहेको जानकारी दिए ।

डुवानमा परेकाहरुको उद्धारका लागि प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना रात दिन खटिएको उनले बताए ।

प्रकाशित मिति : २०७९ असोज २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *