२०८२ जेष्ठ ३० गते शुक्रवार

नेपाल आए लगतै एयरपोर्टबाटै पक्राउ परे सन्दिप लामिछाने


काठमाडौं, असोज २० । क्रिकेटर सन्दीप लामिछाने पक्राउ परेका छन । बिहीबार बिहान ११ बजेतिर उनी नेपाल फर्किए लगतै त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाटै पक्राउ परेका हुन ।

उनीमाथि एक नाबालिकामाथि बलात्कार गरेको आरोपसहित मुद्दा परेको थियो । पक्राउ पछि सन्दिपलाई प्रहरी वृत्त गौशाला लगिएको छ ।

प्रहरीले सन्दिपलाई एयरपोर्टमै हतकडी लगाएको थियो । सन्दीपले नै आफ्नो फेसबुकमा स्टाटस लेख्दै बिहीबार बिहान कतार एयरवेज मार्फत आउन थालेको जानकारी दिएका थिए ।

उनले आफूमाथि लागेको आरोपको सामना गर्नेपनि उल्लेख गरेका छन् ।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई बलात्कार गरेको आरोप लागेको थियो।

भदौ ६ गते बिहान होटलबाट निस्केका उनी सोही दिन टी–२० खेल्न केन्या गएका थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए।

उनी बिदेशमा रहँकै समयमा काठमाडौंको प्रहरी वृत्त गौशालामा उनीविरूद्ध जाहेरी परेको थियो। जाहेरी परेकै दिन प्रहरीले आरोपितको स्वास्थ्य परीक्षण गराएको थियो।

होटलबाट सिसिटिभी फुटेज पनि प्रहरीले संकलन गरिसकेको छ।

प्रकाशित मिति : २०७९ असोज २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *