दाङ, असोज २० । बाढीले बगाउँदा प्यूठानमा एक बालक बेपत्ता भएका छन् ।
अबिरल बर्षापछि स्थानीय जारी खोलामा अमाएको बाढीले बगाउँदा ऐराबती गाउँपालिका वडा नं. ५ झिवाङका ५ बर्षीय सुशान केसी स्थानीय बगाउँदा बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी प्रमुख डिएसपी सत्यनारायण थापाले बुवा बिष्णुराज केसीसंगै खोला तरिरहेका सुशानको हात छुटेपछि बाढीले बगाएको भन्ने सूचना प्राप्त भएको बताए ।
दशैंको टीका थापेर घर तर्फ फर्कि रहेका बाबु छोरा मध्य गाडी खोला तर्ने क्रममा छोरालाई बाढीले बेलुका ६ बजेतिर बगाएको डिएसपी थापाले जानकारी दिए । बिहीबार पनि उनको खोजी जारी रहेको छ ।
प्रकाशित मिति : २०७९ असोज २० गते बिहिवार
