२०८२ मङ्सिर २२ गते सोमवार

आज र भोलि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा ठूलो पानी पर्ने अनुमान

काठमाडौं ,असोज २० । आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा ठूलो पानी पर्ने अनुमान गरिएको छ ।

पानी पार्ने प्रणाली पश्चिमतर्फ सरेकाले सुुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आज ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानांगले जानकारी दिए ।

उनका अनुसार आज सबैभन्दा धेरै असर कर्णाली र सुदूरपश्चिम प्रदेशमा पर्ने सम्भावना छ । अन्य प्रदेशमा भने आज हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ ।

राति पनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

भोलि पनि सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा ठूलो वर्षाको अनुमान गरिएको छ ।

वर्षाका कारण नदी तथा खोलामा बाढी आउने भएकाले सकेसम्म खोला नतर्न र पर्वतारोहणमा नजान पनि मौसमविद्को सुझाव छ ।

प्रकाशित मिति : २०७९ असोज २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *