२०८१ बैशाख ८ गते शनिवार

नयाँ पाइलामा शुभकामना आदानप्रदान कार्यक्रम

तुलसीपुर,असोज १८ । नयाँ पाइला पुर्नस्थापना केन्द्र बिजौरीले बिजया दशमी,शुभ–दिपावली तथा छठ पर्वको अवसरमा मंगलवार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

संस्थाका सल्लाहाकार सुष्मा गिरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले समाजमा बिपन्न र बेरोजगारी मात्र होइन सम्पन्न घर परिवारका ब्यक्ति पनि लागु औषध दुव्र्यशनीमा फस्ने गरेको बताए ।

पछिल्लो समय समाजमा लागु औषध सेवनकर्ताको संख्या बढ्दै जान थालेको छ,उनले भने,‘यसको न्युनीकरणका लागि प्रत्येक पालिकामा वडास्तरीय पुर्नस्थापना बिद्यालय बनाउनु पर्ने देखिन्छ । उनले दुव्र्यशनीको न्युनीकरणका लागि तुलसीपुर उपमहानगरपालिकाले १२ देखि २५ बर्ष उमेर समुहका युवाहरुलाइ जनचेतनामूलक प्रशिक्षण अभियान सुरु पनि गरेको बताए ।


दुव्र्यशनी रहित समाज निर्माणका लागि घर–परिवार,समाज,सिंगो राज्यको महत्वपुर्ण भूमिका रहने उनले बताउ । खड्काले केन्द्रमा उपचाररत युवाहरुलाई घर फर्कदा सकारात्मक सोचका साथ समाज सेवा गर्ने अभियान्ताका रुपमा फर्कन आग्रह समेत गरे ।


कार्यक्रममा उपमेयर स्यानी चौधरीले आफ्ना छोराछोरीहरुलाई घर–परिवारबाट नै संस्कार सस्कृती सिकाउन जरुरी रहेको बताइन । उनले समाज रुपान्तरणका लागि सबैले आ–आफ्नो ठाउँबाट भुमिका निर्वाह गरेमा मात्र दुव्र्यशनीलाई न्युनीकरण गर्न सकिने बताइन ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय दाङका एसपी बिरबहादुर वलिले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढी हुदाँ अपराधिक क्रियाकलाप बढेको बताए । उनले अपराधिक क्रियाकलाप,लागु औषध दुव्र्यशनीलाई न्युनीकरण गर्न प्रहरीको एकल प्रयासले नहुने भन्दै यसलाई रोक्न सबै सरोकारवाला एक्यबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।


त्यस अवसरमा मानव अधिकार तथा शान्ती समाजका केन्द्रिय उपसभापति सुशील बस्नेत, युवा सन्जाल दाङका अध्यक्ष अरुण लहरे, इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्ल, सिसा नेपालका अध्यक्ष साजिदा सिद्दिकी, नेपाल पत्रकार महासघ दाङका सहसचिब दिप्तिशिखा चौधरी,तुलसीपुर वडा न १६ का अध्यक्ष शिबानन्द डिसि,१८ का अध्यक्ष माधव वलि,तुलसीपुर उधोग बाणिज्य सघका अध्यक्ष राम प्रसाद चालिसे,बिजौरी उद्योग वाणिज्य सघंका महासचिव बिदुर गौतम, तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक बिकाश शाखाका अधिकृत माया श्रेष्ठ, पर्यावरणीय दिगो विकास एवम अनुसन्धान केन्द्र अध्यक्ष डिल्लीबहादुर रावत, नेकपा माओवादी केन्द्रका राम बहादुर दहित, बन महासघका सचिब जानुका केसि,केन्द्रका स्वास्थ्य सल्लाहाकार दोर्ण वलि,केन्द्रका प्रशिक्षक डिल्ली बस्नेत, महिला मानव अधिकार रक्षक सन्जालका अनिता पोख्रेल, युवा नेता सर्जन परियार लगाएतले लागू औषध सेबन गर्ने ब्यक्ति सगै बेचबिखन गर्ने ब्यक्तिको पनि पहिचान गर्न सकेमा दुव्र्यशनीलाई न्युनीकरण गर्न थप मद्धत पुग्ने बताए ।


सस्थाका सल्लाहकार सुनिल पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा केन्द्रका अध्यक्ष तथा निर्देशक सुरेश भुसालले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए भने सहजीकरण यज्ञ बहादुर केसीले गरेका थिए ।

प्रकाशित मिति : २०७९ असोज १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *