२०८१ साउन ५ गते शनिवार

अर्जुनखोलामा डुबेर दुईजना बालकको मृत्यु

शिवु खनाल, देउखुरी,असोज १८ । दाङको लमहीमा खोलामा डुबेर दुईजना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर ४ अर्नवा निवासी अन्दाजी १० वर्षिय गुइठे कुमाल र सोहि ठाउँ निवासी १२ वर्षिय ललित कुमाल रहेका छन ।

मंगलबार दिउँसो ३स् ३५ बजे लमहीको अर्जुनखोला पुल मुनि नुहाउन गएको बेला खोलामा डुबेर मृत्यु भएको सशस्त्र प्रहरी बल नं। ४१ गत कपिलवस्तु दाङका सई प्रकाश जैसी ढकालले जानकारी दिए ।

उनका अनुसार मंगलबार दिउँसो पाँच जनाको समुहले अर्जुन खोलमा कबाडी खेरेर अर्जुन खोला स्थित पुल मुनि नुहाउन गएका थिए ।

सोहि क्रममा अर्जुन खोलामा डुबेर दुईजना बालकको मृत्यु भएको हो । मृतकको शव अहिले लमही अस्पतालमा राखिएको छ ।।

प्रकाशित मिति : २०७९ असोज १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *