२०८२ मङ्सिर २२ गते सोमवार

ग्वारखोलामा डुबेर १४ बर्षीय बालकको मृत्यु


तुलसीपुर, असोज १७। नुहाउन गएका एक बालकको डुबेर मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का १४ बर्षीय अभिशेक भुसालको तुलसीपुर –१२ स्थित ग्वारखोलामा नुहाउने क्रममा आइतबार दिउँसो डुबेर मृत्यु भएको हो ।

दाजुसहित नुहाउन भनेर महेन्द्र मावि कपडादेबीको ग्वारखोला पुल नजिकै गएका भुसालको स्थानीय उरहरी–जस्पुर सिंचाई कुलो बाँधेमा डुबेर भुसालको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए ।

गाउँमा सिंचाइको लागि पानी डो¥याउन तार जाली बाँधेको बाँधमा नुहाउन गएका उनको डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७९ असोज १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *