२०८० मङ्सिर २१ गते बिहिवार

दाङमा बस दुर्घटना हुँदा ३४ घाइते

दाङ, असोज १५ । दाङमा बस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन्।

शनिबार दिउँसो सवा ३ बजे घोराही उपमहानगरपालिका–३ भैंसीबगाउने खोला नजिकै बस दुर्घटना हुँदा ३४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक ९एसपी० वीरबहादुर ओलीले जानकारी दिए।

रा १ ख १८४५ नम्बरको बस घोराही(लमही सडकखण्डमा अनियन्त्रित भएर दुर्घटनामा परेको हो।

बस चालकको अवस्था गम्भीर छ। उनी लगायत घाइतेको उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ।

उनीहरूको उपचार भइरहेको छ।

प्रकाशित मिति : २०७९ असोज १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *