२०८२ मङ्सिर २२ गते सोमवार

शिव शक्ति बहुउद्देश्यीय सहकारी संस्थाको १९ औँ साधारणसभा

तुलसीपुर,असोज १५ । शिव शक्ति बहुउद्देश्यीय सहकारी संस्था लि.को १९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शनिवार एक कार्यक्रमका बिच तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ बम्नैमा वार्षिक साधारण सभा कार्यक्रम सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष बुद्धिराम भुसालको अध्यक्षतामा भएको कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि तुलसीपुर वडा नं. ७ का वडाध्यक्ष रामबहादुर जिसीले वडा भित्रका रहेका सहकारी संस्थाहरु तालिम दिनका लागी स्थानीय सरकारबाट प्रशिक्षकको व्यवस्था गर्ने बताए ।


उनले तरकारी खेत गर्ने कृषकहरुलाइ तरकारी ओसार पसार र बेचबिखन अप्ठयारो भएको हुदाँ हाट बजारको व्यवस्था गरि सुढृढीकरण सहकारी संस्था बनाउने तर्क गरे ।

कृषकहरुलाई जोत्न,दाउनको लागि आवश्यक पर्ने सामाग्रीहरु उपलब्ध गराउन पहल गर्ने र उनीहरुको जिवनस्तर उकास्नका लागि महत्वपुर्ण भुमिका खेल्ने वडाध्यक्ष जिसीले बताए ।

कार्यक्रममा शिक्षाबिद् बिष्णु आचार्य, संस्थाका बरिस्ठ सल्लाहकार ,योगेश्वर रजौरे,सल्लाहकार प्रेम खनाल,दुर्गा प्रसाद भुसाल,सेयर सदस्य नारायण कुमार आचार्य, ऋषी पोख्रेल,इस्वरी पौडेल लगाएतले सहकारी संस्थाले समाजका हरेक नागरिकलाई जोडेको बताए ।

संस्थाका उपाध्यक्ष कमला अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका कोषाध्यष श्रीधर पौडेलले गरेका थिए ।

उक्त सहकारी संस्थामा ५ सय ४५ सेयर सदस्य छन । सहकारीले सेयर सदस्यहरुलाइ समय–समयमा भ्रमण,सहकारी तालिमहरु प्रदान गर्दै आएको छ । सहकारी संस्थाले भबिस्यमा सभाहल निर्माण गर्ने लक्ष्य राखेको जनाएको छ ।

प्रकाशित मिति : २०७९ असोज १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *