तुलसीपुर, असोज १५ । दाङको घोराहीमा खेली रहेका बालकलाई अटोले ठक्कर दिदा गम्भीर घाइते भएका छन् ।
घोराही उपमहानगरपालिका वडा नं. १३ स्थित सडक छेउमा खेली रहेका ३ बर्षीय सुुशान बिक रा १ ह १९६५ नम्बरको अटोको ठक्करबाट गम्भीर घाइते भएका हुन ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी राजन गौतमले घाइते बालकलाई उपचारका लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पठाइएको छ ।
बालकलाई अटोले शनिबार बिहान साढे आठ बजेपछि ठक्कर दिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७९ असोज १५ गते शनिवार
