दाङ, असोज १५ । सल्यान फेरि जीप दुर्घटनामा परि दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । थप १७ जना घाइते भएका छन् ।
शनिबार बिहान पौने सात बजेतिर खैराबाङ मन्दिर दर्शनका लागि जान लागेकाहरु सवार जीप उकालोमा ब्याक गर्ने क्रममा एक सय मिटर तल खसेको थियो ।
दुर्घटनामा परि सल्यान जिल्लाको कुमाख गाउँपालिका वडा नं. ७ डुमकोटका ३९ बर्षीय मानबहादुर पुन र सोही ठाउँकी १४ बर्षीया एनका पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसी दामोदर केसीले जानकारी दिए ।
घाइते १७ जनालाई उद्धार गरि जिल्ला अस्पताल खलंगा तर्फ पठाइएको उनले बताए ।
यो खबर तयार पार्दासम्म घाइते कसैको पनि परिचय खुली नसकेको प्रहरीले बताएको छ ।
शनिबार विहान ६ ः ४० बजेतिर जिल्लाको कुमाख गाउँपािलका वडा नं. ७ जिमालीस्थित भित्री सडकखण्डमा डुमकोटबाट शारदा नगरपालिका वडा नं. ११ स्थित खैराबाङ मन्दिर जाँदै गरेको रा १ ज ७९८ नम्बरको जीप उकालोमा ब्याक गर्ने क्रममा सडकबाट झन्डै एक सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।
