२०८१ साउन ५ गते शनिवार

सल्यान जीप दुर्घटना – मृतकको संख्या नौं पुग्यो

दाङ, असोज १४। सल्यान जीप दुर्घटनामा मृतकको संख्या नौं पुगेको छ ।

दुर्घटनाका एक मात्र घाइते सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ६ जलबाङका ३५ वर्षीय तिलक वलीको बिहीबार मृत्यु भएको छ ।

बेलुका पाँच बजेतिर बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिलला प्रहरी प्रमुख डिएसपी दामोदर केसीले जानकारी दिए ।

जीपमा सवार नौ जनामध्ये एक जना वली मात्रै गम्भीर घाइते थिए। उनको पनि उपचारका क्रममा तीन दिनपछि मृत्यु भएको हो ।

दुर्घटनामा परी यसअघि कपुरकोट गाउँपालिका ६ जलबाङका स्थानीय ३७ वर्षीय धर्म वली, ४० वर्षीय टोपबहादुर वली, उनका छोरा ११ वर्षीय बसन्त वली, ७० वर्षीय खुमलाल वली, ५५ वर्षीया कुमारी वली, ३५ वर्षीय ललित वली, चालक २१ वर्षीय जीतबहादुर बोहरा र ३० वर्षीय सुरेश खत्रीको घटनास्थलमै मृत्यु भएको थियो।

मंगलबार राति साढे १ बजेतिर रा १ ज ५६३ नम्बरको जीप सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ३ मुलपानी नजिकै ओरालोबाट झन्डै दुई सय मिटर तल खसेको खसेको थियो ।

बाँकेको ढकेरीबाट बिहेमा सहभागी भएर घरतर्फ फर्किरहेका आठ जनाको घटनास्थलमै मृत्यु भएको थियो । जीप रिजर्भ गरेर आएका उनीहरू घरनजिकै आएपछि सल्यानको कपुरकोट– ३ मुलपानीमा दुर्घटनामा परेका थिए।

एकै घर परिवारका ६ जनासहित नौ जनाको मृत्यु भएपछि कपुरकोट गाउँपालिकाले बिहीबार शोक मनाउन पालिकाको सबै कार्यालय बन्द गराएको थियो।

प्रकाशित मिति : २०७९ असोज १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *