दाङ,असोज १३ । दाङमा एम्बुलेन्स दुर्घटना हुँदा चालक घाईते भएका छन् ।
रोल्पाको होलेरीबाट घोराहीतर्फ आउने क्रममा एम्वुलेन्स घोराही उपमहानगरपालिका–१९ च्यानगैरामा दुर्घटना हुँदा चालक गम्भीर घाईते भएका हुन ।
विहीवार विहान रा १ च ६९२ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा चालक घोराही उपमहानगरपालिका–६ निवासी ३४ वर्षीय भुपबहादुर वली गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
बिहीबार बिहान ९ बजेको समयमा रोल्पाको होलेरीबाट घोराहीतर्फ आउँदै गरेको एम्बुलेन्स दुर्घटनामा परेको थियो ।
एम्बुलेन्स सडकदेखि करिब २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक राजनकुमार गौतमले जानकारी दिएका छन् ।
उनका अनुसार अनुसार चालकलाई टाउँको, हात, खुट्टामा चोट लागेको छ । घाइते चालकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भई रहेको छ ।
एम्बुलेन्समा चालक मात्रै भएकाले अन्य मानविय क्षती नभएको प्रहरीले जनाएको छ ।

