२०८२ मङ्सिर २२ गते सोमवार

दाङको पर्यटन,खरी झरेको मादल

तुलसीपुर, असोज १३ । राष्ट्रिय पर्यटन दिवस मनाइरहंदा छिल्लिकोटका होमस्टेमा चहल पहल देखिएको छैन । मगर ग्रामको पर्यटकीय प्रवद्र्धनका लागी दिइएका सांगितिक सामाग्रीहरुमा खिया लागेका छन् । मादलको खरी झरेको छ । वेतालमा बज्छ मादल…..।

घोराही उपमहानगरपालिकाको घोरधौरामा पदेश सरकारले सांस्कृतिक पर्यटनको प्रवद्र्धन गर्नकालागी बजेट विनियोजन गर्यो । नाचघर निर्माण भयो, तर एउटै कार्यक्रम नहुंदै नाचघर भत्केको छ । घोाराही उपमहानगरपालिका भएर पनि दुर्गम क्षेत्र जस्तै बनेको घोरधौराका प्रसस्त पर्यटकिय संभावना छन् । तर पनि घोरधौरा पर्यटकिय स्थल बन्न सकेको छैन ।
विसं ६५ शालमै सो क्षेत्र आकर्शक पर्यटकीय स्थल बन्न सक्छ भन्ने धेरैलाइ लागेको थियो । त्यहि वेला पत्रकार शरद अधिकारी, युवा व्यवसायी रोम वली लगायतले रिसोर्ट खोल्नका लागी घोरधौरामा जग्गा समेत खरिद गरेका थिए । तर कुनैपनि पर्यटकीय पुर्वाधार त्यहां बनेनन् ।

घोरधौराको जति चर्चा थियो पर्यटकीय स्थलको तर पुर्वाधार निर्माणमा कसैको पहल हुन सकेन । केका लागी घोरधौरा जाने, कसरी जाने, कहां बस्ने, बसेपछि के पाउने? लगायतका कुनै पनि योजना बनेनन् । न स्थानिय सरकारले त्यसलाइ पर्यटकीय क्षेत्र बनाउने अपनत्व लियो, नत प्रदेश सरकारले थप पुर्वाकार निर्माणमा प्याकेजमा योजना बनाउन सक्यो । त्यहि कारण घोरधौरा अहिले हराइसकेको पर्यटकिय गन्तव्य हो ।

‘हामी त्यो वेला जति आशावादी थियौं, अहिले हाम्रो जांगर सेलाएको छ’, घोरधौरामा रिसोर्ट खोल्ने परीकल्पना गरी जग्गा किनेका शरद अधिकारीले भने । पर्यटकीय क्षेत्र घोषणा मात्रैले केहि नहुने भन्दै उनले त्यसकालागी आवस्यक पुर्वाधार निर्माणकालागी राज्यका तीनै तहका सरकार योजनावद्ध रुपमा अघि बढ्नु पर्ने उनको सुझाव थियो ।

पालिकाले आफ्नै पर्यटकीय क्षेत्रको डमरु बजाउनु भन्दा पनि त्यसलाइ एकात्मक रुपमा जिल्लाकै चिनारीका रुपमा अघि बनाउन साझा अभियान चलाउनु पर्ने अधिकारीको सुझाव थियो ।

‘पालिकाले होइन, अव जिल्ला समन्वय समितिले त्यस्ता पर्यटकिय संभावनाहरुलाइ एकिकृत गरी कम्तिमा जिल्लामा एउटा गतिलो पर्यटकिय क्षेत्र निर्माणमा अर्थपुर्ण भुमिका निर्वाह गर्न आवस्यक छ’, पत्रकार शरद अधिकारीको सुझाव हो यो ।

तुलसीपुर उपमहानगरपालिकाले आशा गरेको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिकाको छिल्लीकोट हो । छिल्लीकोट दुर्लभ बनस्पती सुगन्ध कोकिलाको बन, धार्मिक हिसावले सतीदेवीको अंग पतन भएको धार्मिक पिठ, ऐतिहासीक हिवासले वाइसे र चौविे राज्यका रुपमा स्थापित भएको राज्य । यति हुंदाहुंदैपनि छिल्लीकोटले पर्यटकिय पुर्वाधार जुटाउन सकेको छैन । छिल्लीकोट पुग्न सहज यातायात छैन ।

बर्षातमा सडक यातायातमै कठिन्याइ छ । छिल्लीकोट पुगेपछि मनोरन्जन गर्नकालागी सुरक्षा व्यवस्थापन छैन । पिउनका लागी पानी छैन, फोन गर्नका लागी नेटवर्क छैन, विघुत सेवा मस्कील छ । त्यसैले पर्यटक नपुग्दा नगरपालिकाले दिएका मादलको खरी खसेको छ । मजुरामा खिया लागेको छ । त्यहा बनाइएका जम्माजम्मी एक जर्दन होम स्टे पाहुनाको प्रतिक्षामा छन् ।

सवै पुर्वाधार नबन्दा त्यहां निर्माणाधिन जिपलाइन पनि अलपत्र जस्तै छ । भ्यु टावरमा कुनै पर्यटकिय गन्ध छैन । यी सवै पुर्वाधार निर्माण गर्न स्थानिय सरकार एक्लै यी पुर्वाधार निर्माण गर्न समर्थ नहुन सक्छन् । यसमा सवैलाइ समन्वय गर्ने निकाय हुनुपर्दैन र?

उता जंगलकुटिले पर्यटक कुरीरहेको छ, सुनछहारीले पर्यटक खोजीरहेको छ । रिहारले पर्यटक खोजीरहेको छ । खोजेर मात्रै हुने होइन, त्यहां पुगेपछि कम्तिमा एक रात विताउनका लागी पुरै सेवा सुविधा उपलव्ध गराउनु पनि त सरकारको दायित्व हो । किन सुक्यो, सवारीकोटको मगर ग्राम ? किन सुक्यो, सिसहिनियाको थारु ग्राम? यी सवै विषयमा स्थानिय सरकार र प्रदेश सरकारले गम्भीर योजना निर्माण गर्न आवस्यक छ ।

पर्यटकीय गन्तव्य कुनै एक पालिकाको होइन, त्यहा पुग्न अर्को पालिकामा बास बस्नु पर्छ, यातायातकालागी अर्कै पालिका पुग्नु पर्छ । यी सवै गुरुयोजना निर्माण गर्न समे मात्रै पर्यटनबाट समृद्धि हासिल हुन सक्ने सरोकारवाला निकायका अधिकारीहरुले बताएका छन् ।

अन्यथा पुर्वाधार विनाको पर्यटनले कसैको अनाहकमा ज्यान जान पनि सक्ने छ । अघिल्लो शाल पुरन्धारा छहराको पर्यटन प्रवद्र्धन गर्न गएका एक युवक टिकटक बनाउने अभियानमा पुलमा झुण्डिए । उनि अत्तालिदा सहारा दिने कोहि भएन, खसे पुलबाट । उनको देहान्त भयो । सायद पुरन्धारा छहरामा सुरक्षा निकायको उपस्थीति हुन्थ्यो भने ती युवाले ज्यान गुमाउने थिएनन् । झुण्डिएर टिकटक बनाउन प्रहरीले उनलाइ निरुत्साहित गथ्र्यो ।

पयंटन सम्वद्ध अधिकारीहरुले पर्यटनमा ठुलो समृद्धि देखेका छन् । तर त्यसकालागी प्रयाप्त मात्रामा पर्यटकीय पुर्वाधार निर्माण अपरीहार्य छ । छिल्लीकोटमा बाह्रै महिना पक्कि सडकबाट पुग्ने व्यवस्था भएमा मात्रै पनि चहलपहल थामिनसक्नुको हुन्थ्यो भन्ने पनि ती अधिकारीले बताएका छन् ।

तर यी सवै कामको समायोजन गर्ने निकाय र हातेमालो गर्ने प्रबृति नहुंदा दाङको पर्यटन खरी झरको मादल जस्तै भएको छ ।

प्रकाशित मिति : २०७९ असोज १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *