२०७७ कार्तिक १३ गते बिहिवार

छिल्लीकोटमा पिकअप भ्यान दुर्घटना दुईजनाको मृत्यु


दाङ, फागुन १५ ।
दाङमा बुधवार बेलुका भएको पिकअप भ्यान दुर्घटनामा परी दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । लु १ च ५९१२ नम्बरको पिकअप भ्यान तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ बाहिरी सक्राममा दुर्घटना हुँदा चालक ३५ बर्षीय लालबहादुर रावत र तुलसीपुर १९ बाँसगढी निवासी ५५ बर्षीय अम्मरबहादुर वलीको घटनास्थलमै मृत्यु भएको छ ।

दाङ जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी रामप्रसाद घर्तीका अनुसार बेलुका सवा ६ बजेतिर भएको उक्त दुर्घटनामा परी पाँचजना घाइते भएका छन् । जसमध्ये तुलसीपुर–१९ छिल्लीकोट निवासी १६ बर्षीय लिलाबहादुर विकको अवस्था गम्भीर छ ।

अन्य घाइतेहरुमा छिल्लीकोट निवासी ४४ बर्षीय कर्णबहादुर खड्का, घोराही उपमहानगरपालिका वडा नं. १५ रतनपुर निवासी २२ बर्षीया सपना सिंह ठकुरी र उनका दुईवटा एक महिने र ४ बर्षका छोराहरु घाइते भएको घर्तीले जानकारी दिए । घाइतेहरुलाई यो खबर तयार पार्दै गर्दा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरतर्फ ल्याउँदै गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *