२०८१ असार ३० गते शनिवार

दाङकी निशाको लङजम्पमा नयाँ रेकर्ड


लक्ष्मण बस्नेत,दाङ,असोज ७ । दाङकी निशा चौधरीले एथलेटिक्स अन्तरगत लङजम्पमा नयाँ रेकर्ड कायम गरेकी छ्न् ।

नवौ राष्ट्रिय खेलकुद अन्तरगत दाङको बेल्झुण्डीमा भएको प्रदेश स्तरीय छनोट प्रतियोगितामा उनले १२ औ राष्ट्रिय राष्ट्रपति रनिङ प्रतियोगितामा बनाएको ५. ४७ मिटरको आफ्नै राष्ट्रिय किर्तिमान ब्रेक गर्दै ५. ५० मिटरको नयाँ राष्ट्रिय रेकर्ड कायम गरेकी हुन् ।

तुलसिपुर नगर स्तरको १२ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा आफ्नो पहिलो सहभागीता जनाएकी निशाले ट्रयाक तर्फ छोटो दुरिको १००/२०० मिटर दौड र फिल्ड तर्फ लङजम्पमा उत्कृष्ट प्रदर्शन गरेकी थिईन् ।

बिधालय स्तरको सामान्य प्रशिक्षण बाट आफ्नो अद्भुत क्षमता प्रदर्शन गरेकी निशाले एक पछि अर्को सफलता हात पार्दै गइन । उनी जिल्ला, प्रदेश हुँदै लङजम्पमा राष्ट्रिय किर्तिमान कायम गर्न सफल भएकि थिईन ।

आफ्नै कृतिमानी भंग गर्दै नयाँ रेकर्ड कायम गरेकी निशा गण्डकी प्रदेशको पोखरामा असोज २८ देखि कार्तिक ३ गते सम्म हुने नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा लुम्बिनी प्रदेशलाई स्वर्ण पदक दिलाउने तयारीमा छिन् ।

प्रकाशित मिति : २०७९ असोज ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *