२०८१ बैशाख ७ गते शुक्रवार

छाउपडीमुक्त जिल्ला घोषणा गर्न माग  

डोटी,  फागुन १५। डोटीलाई छाउपडीमुक्त जिल्ला घोषणा गर्नुपर्ने माग गरिएको छ । जिल्ला सदरमुकाम सिलगढीमा छाउपडी प्रथाविरुद्ध राष्ट्रिय अभियानका लागि आयोजना गरिएको जिल्लास्तरीय तयारी कार्यशाला कार्यक्रमका सहभागीले जिल्लालाई छाउपडीमुक्त जिल्ला घोषण गर्नुपर्ने माग गरेका हुन् । जिल्ला समन्वय समितिको आयोजना, सर्चफर ग्राउण्ड र फाया नेपाल नामक गैरसरकारी संस्थाको आर्थिक सहयोगमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा सांसद डा विन्दा पाण्डेले छाउपडी कुप्रथा भएको र यसलाई पूर्णरूपमा रोक्न स्थानीय तहहरुले कडा रूपमा प्रस्तुत हुनुपर्ने बताइन । “छाउ हुँदा देशका अन्य जिल्लामा भेदभाव हुँदैन, सुदूरपश्चिममा मात्रै भेदभाव किन ?” उनले भनिन, “छाउपडी कुप्रथा हो, सबै तह र तप्का मिलेर यसको अन्त्य गर्न जरुरी छ ।” कार्यक्रमका सहभागीसमक्ष पाण्डेले सरकारलाई कडा कानून निर्माण गरी जनस्तरमा लागू गर्न आफूहरुले पहल गर्ने वचन दिइन ।

महीनावारी हुनु भनेको सन्तान उत्पादन क्षमता भएको भनी खुशी हुनुको साटो छाउका नाममा महिलामाथि दुव्र्यवहार भइरहेकाले यसको अन्त्य गर्न जरुरी भएको स्थानीय तुलसी शाहीले बताइन। केही महीना पहिले छाउपडीका कारण बाजुरामा एक महिलासहित बालिका र डोटीमा एक महिलाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०७५ फाल्गुन १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *