२०८२ असार ९ गते मङ्गलवार

दंगाली श्रष्टा बिष्ट र बिसीद्धयलाई सर्बोउत्कृष्ट गीत अवार्ड

दाङ, असोज ५ । आठौं राष्ट्रिय राप्ती म्यूजजिक अवार्ड २०७९ बितरण गरिएको छ । बुधबार राप्ती समाजले काठमाडौंमा एक समारोहका बीच अवार्ड बितरण गरेको हो । जसमा दंगाली श्रष्ठाहरु प्रबल बिष्ट, खड्ग (बिवश) बिसी र सुुनिल बिसीले फरक– फरक बिधामा सर्बोउत्कृष्टको उपाधि पाएका छन् ।


गजल बिधामा शब्द रचना तर्फको सर्बोउत्कृष्ट गजल अवार्ड दंगाली श्रष्टा प्रबल बिष्टले जितेका छन् । ‘सराबलेनी छुन्न रैछ’ बोलको बिष्टको गजलमा माण्डपी त्रिपाठीको स्वर छ । गीतमा संगीत बिपिन आचार्यको छ ।


गजल रचियता बिष्टको छोरीले बुवाको तर्फबाट उनले पाएको अवार्ड लिन गएकी थिइन । आँफ्नो गजल उत्कृष्ट भएपछि बिष्ट थप उत्साहित बनेका छन् ।

त्यस्तै दंगाली श्रष्टा तथा स्वास्थ्यकर्मी खड्ग ९बिवश०लाई सुगम संगीत अन्तरगतको सर्बोउत्कृष्ट गीतको उपाधि प्रदान गरिएको छ । बिसीले लेखेको ‘छुट्यो भाग्य’ बोलको गीतमा रामकृष्ण ढकालले गायका छन् । यो गीतमा संगीतकार सञ्तोष श्रेष्ठको संगीत रहेको छ ।


त्यस्तै दाङकै सुनिल बिसीले लेखेको ‘उस्लाई पाउन मन्दिरमा पुग्थे’ बोलको गीतले बर्ष सर्वौउत्कृष्ट आधुनिक संगीतकारको अवार्ड जित्न सफल भएको छ । गीत चर्चित आधुनिक गायक प्रमोद खरेलको स्वरमा छ ।


बिसी र बिष्ट नेपाली संगीत आकाशमा जगमगाउँदै गएका श्रष्टाहरु मध्यका हुन । उनीहरुले लेखेका गीतहरुले यसअघि पनि चर्चा बटुल्दै आएका छन् ।

प्रकाशित मिति : २०७९ असोज ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *