२०८२ जेष्ठ ३० गते शुक्रवार

संविधान दिवसको अवसरमा लुम्बिनी प्रदेशमा ६१ जना विभूषित

दाङ,असोज ३ । लुम्बिनी प्रदेश सरकारले विभिन्न क्षेत्रबाट मुलुकलाई योगदान पुर्‍याएको भन्दै ६१ जनालाई विभिन्न पदकबाट विभूषित गरेको छ।

सातौँ संविधान दिवसको अवसरमा सोमबार बुटवलमा आयोजित विशेष समारोहमा प्रदेश पदकबाट विभूषित हुने व्यक्तिहरूको नामावली घोषणा गरिएको हो।

संघीयता र गणतन्त्रको स्थापनामा सहयोग पुर्‍याएको भन्दै रूपन्देहीका जनार्दन यादवलाई मरणोपरान्त र जनयुद्धका घाईते पाल्पाका जीत बहादुर थापालाई प्रदेश प्रमुख तृतीय जनसेवा पदक प्रदान गर्ने घोषणा गरिएको हो।

त्यसैगरि बाँकेका डा.मोहिउद्दिन किदवाई र चितवनका डा. राजन पाण्डेलाई मुख्यमन्त्री प्रज्ज्वलदीप पदक द्वितीय प्रदान गरिएको छ। लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिव डा.विकास देवकोटालाई प्रदेश सेवा समर्पण पदक प्रथम प्रदान गरिएको छ।

लुम्बिनी प्रदेश सरकारले प्रदेश सेवा समर्पण पदक द्वितीय ९ जनालाई, प्रदेश सेवा समर्पण पदक तृतीय एक जनालाई, उजिरसिंह दीप पदक द्वितीय ४ जनालाई र उजिरसिंह दीप पदक तृतीय चार जनालाई प्रदान गरेको छ।

त्यसैगरि समाजसेवा श्री पदक द्वितीयबाट ६ जना र समाजसेवा श्री पदक तृतीयबाट एक जनालाई विभूषित गरेको छ। त्यसैगरि प्रदेश रत्न पदक प्रथम दुई जनालाई, प्रदेश रत्न पदक द्वितीय १२ जनालाई, प्रदेश रत्न पदक तृतीय ६ जनालाई प्रदान गरेको छ।

त्यस्तै प्रजापति गौतम पदक द्वितीय र तृतीयबाट १/१ जना, दंगिशरण बलिहाङ पदक द्वितीयबाट एक जना तथा दंगिशरण बलिहाङ पदक तृतीयबाट ४ जना गरि ६१ जनालाई विभूषित गरिएको लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयका सचिव कोमल प्रसाद धमलाले जानकारी दिए।

प्रकाशित मिति : २०७९ असोज ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *