तुलसीपुर, असोज १ । दाङ लमहीको रिहार नजिकै गएको पहिरोको कारण पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
रिहार भन्दा झन्डै ४ किलोमिटर अगाडि झरेको पहिरोका कारण सडक खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर वलीले जनकारी दिए ।
पहिरो पंछाएर सडक खण्ड सूचारु गराउन डोजर पठाइ सकिएको उनले बताए । निरन्तर बर्षा जारी रहेका कारण पहिरो पंछाउन केही कठिन भइरहेको पनि उनले जानकारी दिए ।
त्यस्तै गढवा गाउँपालिकामा स्थानीय खोलाको बाढीमा फसेका एक जनाको उद्धार गरिएको छ ।
एसपी वलीका अनुसार बाढीका कारण खोलाको बीचमा फसेका ब्यक्तिलाई सकुशल उद्धार गरिएको हो ।
प्रकाशित मिति : २०७९ असोज १ गते शनिवार