२०८२ बैशाख ११ गते बुधवार

दमाचौरमा वडास्तरिय खुल्ला पुरुष भलिवल प्रतियोगिता हुने

दाङ, भदौ २९ । सल्यानको दमाचौरमा वडास्तरिय खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

दाङको तुलसीपुरस्थित कन्चन आयुर्वेद क्लिनिकको आयोजनामा प्रतियोगिता हुन लागेको खेल संयोजक खगेन्द्र अधिकारीले जानकारी दिए । जस्को सहआयोजकमा प्रतिभाशाली र प्रगतिशिल युवा क्लव दमाचौर रहेका छन् ।
अधिकारीका अनुसार प्रतियोगिता असोज १५ देखि १७ गतेसम्म संचालन गरिने छ ।
छत्रेश्वरी गाउँपालिका वडा नं. १ दमाचौरमा हुने प्रतियोगितामा प्रथम हुनेलाई टिमलाई ३० हजार, दृतिय हुनेलाई २० हजार र तृतिय हुनेलाई १५ हजार नगद पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक अधिकारीले फरककोणलाई जानकारी दिए ।
यसका साथै ब्यक्तिगत बिधातर्फ उत्कृष्ट खेल पर्दशन गर्ने खेलाडीलाई पनि नगद पुरस्कारको घोषणा गरिएको छ ।
प्रतियोगितामा सहभागी हुन दर्ता शुल्क ३ हजार तोकिएको छ । दशैंको अवसरमा दमाचौरमा लाग्ने मेलाको अवसरमा प्रतियोगिता आयोजना थालिएको हो ।
प्रतियोगिताको लागि सल्यानका जिल्लाका वडाहरु र छिमेकी जिल्ला रोल्पाको गंगादेव गाउँपालिकाका वडाहरुलाई सहभागी हुन दिने नियम निर्माण गरिएको खेल संयोजक अधिकारीले बताए । प्रतियोगितामा २० भन्दा बढी वडाहरुबाट प्रतिनिधित्व हुने आयोजकको आशा छ । यसैबीच त्यहाँ लाग्ने मेलाको अवशरमा सांगेतिक कार्यक्रम पनि गरिने भएको छ । त्यसका लागि नाम चलेका गायक÷ गायिकापनि बोलाउने तयारी गरिएको खेल संयोजक अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ भाद्र २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *