दाङ, भदौ २९ । रोल्पामा खोलाले बगाउँदा बेपत्ता एक किशोरीको शब फेला परेको छ ।
जिल्लाको सुनिल स्मृति गाउँपालिका वडा नं. ४ सुलीचौरकी १४ बर्षीया फरिदा खातुनको शब मंगलबार दिउँसो साढे २ बजेतिर खुङ्ग्री खोला किनारमा फेला परेको हो ।
खातुनलाई सोमबार तीन बजेतिर स्थानीय फगाम खोलाले बगाएको थियो । खातुन आफ्ना थप दुई साथीहरुका साथमा खोला किनारको बालुवामा खेल्न भनेर गएकी थिइन ।
उनी टिकटक बनाउने क्रममा खोलामा खसेको उनका साथीहरुले बताएका छन् । सोमबारदेखि नै उनको खोजी हुँदै आएको थियो ।
गाउँपालिकाको वडा नं. २ खुङ्ग्रीस्थित खुङ्ग्री खोला किनारमा उनको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७९ भाद्र २९ गते बुधवार